रातिको बारह बजी सकेको थियो l म चढेको नाइट सुपर अचानक रोकियों l आँखामा निंद्रा देवीले प्रवेश गर्दै गरेकी थीइन l झसंग भएर म बिउझिन्छु l रातिको कुरो हो अलिक चंख त हुनु नै पर्छ l म आफ्नो आँखा मिच्दै त्यों ठाऊ चिन्न कोशिश गर्नु थाल्छु l एतिन्जेल प्राय: जसो यात्रिहरू पनी उठी सकेका हुन्छन l म झ्याल खोली बाहिर हेर्छु l श्रीरामपुर गेट आई पुगेका रहेछ l म होशियार भएर बस्छु l किन भने मैले धेरै पल्ट सुनी राखेको थिए कि यहाँ चेकिंगको नाउमा पुलिस हरुले नेपालीहरु लाइ मन परी लुटछन रे l बसवाला हरु पनी पुलिसहरू सित मिलेका हुन्छन् रे l त्यसैले मैले सिलगडी बाट ट्रेनमा न चडी बसमा आउने निर्णय लिएको थिएं l मेरो सीट अगाडी एक जना आमै आफ्नो दस वर्षीय नातिनी संग बसेकी थीइन वहां नेपाल इटहरी बाट आउनु भएको रे l बसमा चढ़दा वहाँले भन्नु भएको थिए l उहाँ असमको डिफुमा बस्नु हुन्छ l अर्को सीटमा अझै दुईजना नेपाली दाज्यूहरु बसेका थिए l उहाँहरुले गुवाहाटीमा दूधको कारोबार गर्छन रे l नेपाली पहिरनले गर्दा अलग्गई चिनीन्छ l
"ह'न भाई यो कुन ठाऊ हो ? गाड़ी किन रोकियों ?" भन्दै ती दुई दाज्यू भित्र एक जानाले चुरोट सल्काउदै सोध्नु भयों l "श्री रामपुर गेट हो दाज्यू ,चेक गेट l मैले यति भन्न साथ उहाँ चुप लाग्नु भो l
अलिक बेर पछि एकजना पुलिस लौरो नाचाउदै बसमा चढ़यों l सब यात्रिहरू आफ्नो-आफ्नो सीटमा बसी रहेका छन l पुलिसले नेपाली चेहरा पटी आफ्नो आँखा नाचाउन थाल्यो l उसको आँखा सिद्धेइ दुई दाज्यू माथी आएर केन्द्रित भयों l उसको अनुहारमा मुस्कान झलकियों l उ सीधेई ती दाज्यूहरुको छेउमा आएर उभियो l अनि हाथको लौरो नचाउदै उसले प्रश्न गरयों l
"कहाँ से आया हैं ?"
"सिलगढ़ी बात हजुर l "