सुन्दर तन र मनको
के कुरा गर्नु
ति सबै आफै बोल्छन
तर उनको नसुनेको
त्यो
कोकिलकण्ठ बोली
सुन्न पाएमा सायद
मेरा मनका चाहना
र भावना अझै
अरु पग्लिने पो
थिए कि ?
जसरी हिमालयका हिउँहरु
प्रचण्ड सुर्यको ज्योतीले
पग्लिए सरी
र ति पग्लिएका
मेरा मनका रहर
र चाहनाले
एक
बैंसालु लहर उत्पन्न गराई
सँधै सँधै उनकै त्यो सुन्दर
र आकर्षित तनमन
मेरै
अंगालोमा बाँधेर
सिंचित गरिरहने थियो कि
र हामी दुबैका
कैयौ बर्ष देखि
प्यासी रहेका
यौन कुण्ठाहरु
माया,
प्रेम, स्पर्सको
र चुम्बनको साउने झरीले
तृप्त हुन्थे कि अनि
हामी दुबैको संसार
एक
सुन्दर फुलबारी बन्ने थियो
तर यसमा मैले एक्लै
आँटेर के गर्ने ?