अपरेसन फेल्ड ! डा जोन्सन् एक्कासि चिच्याए । शैलीको अचेतन मन अत्तालियो । उनको मस्तिष्कलाई डाक्टरहरुले झिके र फुटबल जस्तो आकारको गोलो वस्तुमा प्वाल पारेर त्यस भित्र शैलीको मस्तिष्क गिदी र टाउकामा भएका नशाहरुलाई हाले । त्यसपछि त्यसको प्वाल टालिदिए । त्यस वस्तुलाई 'ब्रेन बल' भनियो । शैलीको मस्तिष्क ब्रेन बल भित्र सर्यो र उसले आफ्नो लम्पसार परिरहेको शरीर देखी । स्थानान्तरण हुन सक्ने टाउको भित्र सिमित हुनु परेकोमा शैलीलाई ज्यादै दुख लाग्यो । उसले आफू हल्लिन खोजी र मस्तिकमा रहेको गीलो पना महशुस गरी । तर एकैछिन पछि डाक्टरले शैलीको मस्तिष्कलाई शरिरमा जोडे । अब शैलीको टाउको र शरीर एकै ठाउँमा भयो । डाक्टरले इन्जेक्सन लगाईदिएको केही क्षण पछि ऊ सम्हालिएर उठी । उसको वास्तविक टाउको अपरेसन कक्षमा रहेको मध्यम साइजको टेबुल माथि राखिएको थियो । वास्तविक टाउको राखेर अपरेसन सफल नभएपछि शैलीमा ब्रेन बल प्रत्यारोपण गरिएको थियो ।