नेपाल गए कपाल संगै बर्मा गए कर्म संगै
जहाँ जान्छु कुरा तिनै रिसा रिस धर्म संगै ।
हास्नु पर्छ भन्छ्न सबै भित्री पिडा कस्ले बुझ्ने
अरु सामु हाँसी हिड्छु आफु भित्र मर्म संगै ।।
नेपाली हुँ जन्मे देखी रिण बोकी आको थिए
जती तिर्न खोजे पनि छिमेकीको पर्म संगै ।।
यहाँ कोही जमिनदार सयौ बिघा जाग्गा बाँजो
कोही यहाँ बाँच्न गाह्रो लाज पच्यो शर्म संगै ।