नयाँ बर्षको सुरुवात संगै नयाँ शैक्षिक शत्रको पनि सुरुवात भएको छ । शहर होस या गाँऊ, निजि होस या सरकारी विद्यालय नै किन नहोस । सबै विद्यालयहरु यतिबेला धमाधम विद्यार्थी भर्ना अभियान जुटेका छन । अभिभावकहरु पनि आफ्ना बालबालिकाहरुलाई कस्तो शिक्षा दिने र कहाँ पढाउने भनेर विद्यालय छनौट गर्न ब्यस्त छन । यो समय भनेको आफ्ना साना साना नानिबाबुहरुलाई विद्यालयको कक्षाकोठासम्म पाईला टेकाउने सुनौलो अवसर पनि हो । अहिलेको समय कहिल्य विद्यालय नदेखेका साना नानिबाबुहरुलाई शिशु कक्षमा भर्ना गरी बालबालिकाहरुमा शैक्षिक वातावरण तयार गर्ने मौसम हो ।
विज्ञान र प्रविधिको आमुल परिवर्तन संगै शिक्षा क्षेत्रको पनि परिवर्तन हुन उतिकै जरुरत छ । विद्यालयहरुले समयसापेक्ष रुपमा शिक्षण विधि र शिक्षण सिकाई क्रियाकलापहरु संचालन गरी बालबालिकाहरुमा रहेको अन्तरनिहित क्षमताको विकास गराउन सक्नु पर्छ । सिकाईको पहिलो जग नै पाठशाला अर्थात विद्यालय भएकाले विद्यालयबाट बालबालिकाहरुले भविष्यको बाटो तय गर्दछन । त्यसैले बालबालिकाहरुलाई सानैदेखी नै गुणस्तरीय शिक्षा प्रदान गर्नु अभिभावकको दायित्व हो ।
आजकाल गुणसतरीय शिक्षा प्रदान गर्ने बहानामा शिक्षा क्षेत्र दिनानुदिन महंगिदै गएको छ । जनमानसमा पनि महंगो भनेकै गुणस्तर हो भन्ने आम विश्वास रहेको पाईन्छ । महंगो शुल्क तिर्दैमा विद्यार्थीको पढाई पनि राम्रो हुन्छ भन्ने छैन । कतिपय अभिभावकहरुमा धेरै पैसा तिरर आफ्ना छोराछोरीहरुलाई विद्यालय भर्ना गरिदियो भने उनीहरुको पढाई पनि रामे हुन्छ भन्ने सोचाई रहेको पाईन्छ । बुझेर होस वा नबुझेर होस अभिभावकहरुले अभिभावकहरुले आफ्नो छोराछोरीको पढाईकै लागि भनेर खाई नखाई गरेर भए पनि पैसाको खोलो बगाएका छन । धेरै अभिभावकहरले त ऋण गरेरै भए पनि छोराछोरीको शिक्षा दिक्षा नाममा आफ्नो क्षमता भन्दा गरुङ्गो भारी बोक्ने गरेका छन । यसो त कतिपय अभिभावकहरुले छोराछोरी राम्रो शिक्षा दिक्षा दिन सके उनीहरुको भविष्य पनि उज्वल हुन्छ भनेर आफ्नो कमाई र आम्दानीको अधिकाशं रकम छोराछोरीकै शिक्षा दिक्षामा खर्चिएका छन भने कतिपयले अरुको देखासिखी र छर छिमेकलाई देखाउनकै लागि भए पनि धेरै खर्च गरेका छन ।