हासो-खुशी माया-स्नेहको रहर जगाउन खोज्छ मान्छे
दु:ख-कष्ट रोग-व्याधको पहर भगाउन खोज्छ मान्छे ।
पर्दा जन्ती मर्दा मलामी पाउनलाई जहाँ गाह्रो हुन्छ
जय-जय वाह-वाहको लहर लगाउन खोज्छ मान्छे ।
अभावले मर्नेहरु मरि रहुन पर्वाह गर्ने फुर्सद छैन
सय-सय लाख-लाखको शहर ठगाउन खोज्छ मान्छे ।
तिर्खा मेट्न थोपा छैन तर नि हुन्छ यहाँ अचम्भ
नदी-नाला झील-सागरको नहर बगाउन खोज्छ मान्छे ।