आज भन्नै पर्ने दिन आएको जुन प्रथा नेपाली यूवा यूवतीमा हाम्रा बाजे बराज्यूको पाला देखी चल्दै आईरहेको छ। जुन कुरा हो अहिलेको आधुनिक जवाना को लभ भनौँ या प्रेम... अहिलेको प्रेम रोमियो जुलेट अनि मुना र मदनको भन्दा फरक भएको छ।पास्चात्य सँस्क्रिति बाट केहि ग्रसित भएको छ नेपाली यूवा पुस्ता... पास्चात्य परम्परा बाट पुरै ग्रसित भएको भए कोही बन्थे होला न्यूटन अनि कोही हुन्थे होला अब्राहम् लिङ्कन अनि जन्मन्थे होला माईकल ज्याकसन जस्ता हस्तीहरु...आँउथे होला रोमियो जुलेटका जस्ता प्रेम काहानी हरु तर नेपाली प्रेम गर्ने तरीका न रोमियो जुलेटको जस्तो भएको छ न त मुनामदन जस्तो हिन्दि फिल्म मा भन्ने गरेको एउटा उखान "धोबीका कुत्ता न घरका न घाटका" जस्तो भएको छ नेपाली प्रेम गर्ने तरीका... न महिला न पुरुष छुट्याउन नस्कने अवस्थालाई जे भनिन्छ त्यस्तै हालत भएको छ नेपाली समाजको..... सवै यूवा पिढीँ यस्ता छन् भनेर म भन्न सक्दिन तर बहुसँख्यक यूवा यूवती यस्तो हालतमा बाँचीरहेका छन्...युज एन्ड थ्रो भई रहेको छ अहिलेका यूवा यूवतीका प्रेम कथाहरु...के यहि नै सहि अर्थ हो त प्रेमको जुन अहिलेका यूवा पिँढीले बुझेका छन????