उजाड, विराना पाखाहरुमा
परिश्रमको हलो म चलाउँछु ।
हिमाललाई अझ अग्लन सिकाउँछु,
मेरा गण्डकी, कोशीलाई बग्न सिकाउँछु,
म जङ्गबहादुर बनेर आउँछु,
गर्नुपरे अर्को कोतपर्व म गराउँछु ।
आमा चिन्ता नगर
यो देश म बनाउँछु ।
गरिवी र दासत्वको जन्जीरले जकडिएका,
मेरा दाजुभाईलाई आजाद गराउँछु ।
माटोको खाँतिर फेरी एउटा क्रान्ति गर्छु,
परे आँफुलाई सहिद बनाउँछु ।
तर जब फर्केर आउँछु,
म गान्धी बनेर आउँछु