न शिद्धान्त फुल्यो याहाँ, न व्यबहार फक्रियो
न विचार फल्यो याहाँ, न राजनीतिले बाटो पक्रियो ।
चुनाव आयो मत मागे, जनताले त्यो दिए
उनिहरुको भयो भलो, मुलुक यो.. कक्रियो ।
इमान सव बेचियो, आफन्त सेचियो
जमान पोलियो, झुठ मात्र बोलियो ।
आश्वासन बाँडियो, जनताले पत्याए
जनताको विश्वासमा, पानी पो फेरियो ।
सहकर्मि सहधर्मि, धरापमा परेका
कबोलेका काम यीनले, काहाँ छन् गरेका ।
अहिलेको आवष्यक्ता, शान्ति र संविधान
यीनैका कर्मले, हुदै छ व्याबधान ।
नबुझ्नेहरुलाई, जनताको चाहना
कति पो पर्ने हो, हामिले सहन ।
न विकास भाको छ, न शान्ति छाको छ
जाहाँ जे भेटिन्छ, त्यो सवै खाको छ ।
भो अब अति भो, चार चाहिँ नगर
जे गरेनि सहन्छन्, यस्तो भर नपर ।
शिद्धान्त हामिले, चपाउन मिलेन
विचारको के कुरा, केहि पनि छिलेन ।
सदा सर्वदा यस्तो त, गर्न काहाँ पाइन्छ