किन मानिस आज, यति स्वार्थि भाको
सहि वा गलतको भेद, काहाँतिर गाको
अहंकार र दम्भले याहाँ, पिडा दिदो छ
आफन्त- स्वजनहरुको, हुर्मत लिदो छ!!
धोति फाडि रुमालको, संस्कार जागेको
लाज-घिन त्रास जति, याहाँ सवै भागेको
किन मानिस आज, यति स्वार्थि भाको
सहि वा गलतको भेद, काहाँतिर गाको
अहंकार र दम्भले याहाँ, पिडा दिदो छ
आफन्त- स्वजनहरुको, हुर्मत लिदो छ!!
धोति फाडि रुमालको, संस्कार जागेको
लाज-घिन त्रास जति, याहाँ सवै भागेको
यो कविता होईन, क्रन्दन हो
चित्कार हो, रोदन हो, र हो
आत्मा भित्रको स्पन्दन!!
कहिले पश्चिम बलेको छ,
कहिले पूर्व जलेको छ,
कहिले दक्षिण भौँतारिएको छ,
कहिले उत्तर बाउँठिएको छ!!
पश्चिम बलोस वा पूर्व जलोस,
दक्षिण भौँयारियोस वा उत्तर बाउँठियोस,
क्रुर पदचापहरुको पिडा खप्ने यहि धर्तिले हो
क्रुरताको सिकार बन्ने यहिँका बासिले हो!!
ईतिहास साक्षि छ,
द्रौपदि चिर-हरणले माहाभारत भएको थियो,
धेरै-धेरै आफन्त जनको, ज्यान गएको थियो,
याहाँ त मात्रृभूमिकै चिर-हरण हुदैँ छ,
संवेदनसिलता दुर हुदै छ, मानव मन रुदै छ!!
धैर्यता, समयम्ता, विबेकसिलता, गुमे पछि
मानव मानव रहन्न,
आज वैशाष ११ लोकतन्त्र प्राप्तिको दिन
के पाए नेपाली जनताले सोचौँत एकै क्षण
भोक-रोग-गरिवि-अशिक्षा, अनि नाङ्गोपन
नीति- नैतिकता अनि नेतृत्वको बाङ्गोपन
के यी चिजहरुमा आएको छ कुनै फरक !!
यदि छैन भने के वा को हो यसको कारक !?!
लुट-कुट-झुठ-भ्रष्टाचार अनि कमिसनतन्त्र
जो फैलिएको छ मुलुकभरिनै सर्वत्र यत्रतत्र
खै कसरि मनाउने हो लोकतन्त्र दिवस !!
जव कि जनता छन् यो सव हेर्न विबस !!
ति शहिदहरु जसले ज्यानको आहुति दिए
ति घाइतेहरु जसले सामन्तवादको सातो लिए
आज बाँकि अभियन्ताहरुलाई धिक्कार्दा होलान्
के तीनिहरुको क्रन्दनले यीनका मन छोलान् !?!
लौ है ताजा खबर आएको छ
शंघर्सको गित गाएको छ
१२ भुरे टाकुरे मिलेर
जनतालाई ठीक लाउने रे चिलेर !
जनताका नाममा जनताकै दोहन गर्ने
जसरि पनि आफ्नै खल्ति भर्ने
यो राजनीति हो कस्तो
जनताको नाम किन यति सस्तो !
संविधानसभामा बसि संविधान लेख्न छाडेर
के पाउने हुन् यीनले शान्ति र संविधान भाँडेर
को जनता, कस्तो जनता, कस्को जनता बुझ्नै कठीन भयो
जनताका नाममा क्रान्ति भन्छन् जनतानै भड्खालामा गयो !
कति हान्नु तिर याहाँ, कति रोप्नु झिरले
दुख्नु पर्नेलाई छुदै छुन्न, मरिने भो पिरले॥
श्रृष्टिको यो संरचना, सौन्दर्यको नमुना
चिथोरेर कुरुप पारे, गलिने भो पिरले॥
कान यीनका बहिरा भए, दिमाग खुराफाति
परिणामको ठेगान छैन, जलिने भो पिरले॥
लक्ष एउटै बाटा अनेक, मिलन बिन्दु छैन
मिल्यौ भन्छन् टाढिन्छन्, ढलिने भो पिरले॥
मालिको दुर्बुद्धि वा, अहङ्कारको मारले
फूलबारि उजाडिदो छ,पिलिने भो पिरले॥
जन जनले स्वागत गरे तिमिलाई कति हो कति,
दिनु दिए तिमि वैगुणिलाई, दिन जो सक्ने जति
गलामा लगाइ दिए १०-२०-२५ के.जी. का माला,
ख्याल के रह्यो खै धस्यौ उनकै छातिमा भाला॥
भन्ने गर्थ्यौ हामि हाम्रो कोहि छैन कतै पराइ,
म मेरो भन्ने चीज त छैन कत्ति पनि स्थाइ
काहाँ गए तिम्रा ती हिजका कबुल अनि बाचाहरु,
भाँच्यौ सवै अतितका बोल--कबोलका साँचाहरु॥
गन्हाउने दहीमा भाग्दा मुख गाडि छुचुन्द्रो सरि,
गन्हायौ किन सोचेका छौ के ! जनका मन भरि
कारनामा गर्यौ, कर्तुत गर्यौ, गर्नु नगर्नु गर्यौ,
जाहाँ सक्यौ, जति सक्यौ, सवै आफन्त भर्यौर॥
सदाबहार गाईजात्रा मनाउने भए
कुहिएको सिनोसरी गन्हाउने भए
हुर्मत लिए अरुको र आफ्नो पनि
मरुभूमि यो धर्तिलाई बनाउने भए!!
कुपुत्र हुन यो धर्तिका भन्दिए भो
नालायकमा सबलाई गन्दिए भो
स्वार्थ सब पुरा गर्नलाई आफ्ना
विदेशीको करिया नै बन्दिए भो!!
नारा फलाकेका छन सहमतिका
पुन्तुरा बोकेका छन बि-मतिका
गोरुको मोल सबको बाह्रै टक्का
यी सब हुन भकारी कु-मतिका!!
कुन मन्त्रीकोमा जान्छौ जनता, कुन नेताकोमा जाने हो !
कुन कोसेलि बोक्ने अनि, साथ कसोरि लाने हो !
नेता हाम्रा सर्वज्ञ छन्, मन्त्रीको त कुरै नगरौ
आफ्नो भलो चाहने हो भने, खल्ति यीनका भेटीले भरौँ
विकास निर्माण भएन त के भयो,
भागवत पुराणको उद्घाटन गर्दाछन्
जनता कंगाल भए त के भयो,
आफ्नो र आफन्तको ढुकुटी भर्दाछन्
फेर यीनको समाते वैतर्णि तर्न सकिने
नत्र जमिनमा पल्टेर ज्युँदै हो मक्किने
यस्ता सर्वज्ञ प्रभुको सेवा गरे मिल्छ मेवा
शुभलाभ हुने जो काम छन्,ति हुने छन् तिम्रा पेवा
रुखो बोलि खोक्र आडम्बर
दोहोर्याइ रहने किन हो वारम्वार
त्यहि देखेर दिक्क छु
बुझ्दिन यो लिला अपरम्पार
जोड, घटाउ, गुणा, भागा
हुँदैन यो दिमाग जागा
केहि गर्दा नि नमिल्ने यो बोलिको हिसाव
त्यहि भएर ठान्दछु म आफैँलाई अभागा
व्यबहार उड्ने कुतितिर बोलि जाँदोछ काँसी
त्यहि भएर म वक्र लठ्ठक्,
बस्दोछु रुन्चे हाँसो हाँसि
कुरा सुन्छु ठूला ठूला विचार देख्छु मरन्च्याँसे
आफन्तको विल्लिबाठ् छ वैरी भने गजव हाँसे
दिमाग मेरो भ्रमित छ कोहि छौकि बुझाइदिने
उल्झनमा परेको यो गुथ्थि मेरा सामु सुझाइदिने
अपवाद छाडेर,
अब्बल अंक डाक्टर ईन्जिनियर
दोयम सार्वजनिक संस्थातिर
सिम निजामति सेवामा
चहार शिक्षण पेशामा
यस बाहेकका राजनीतिमा जान्छन्
हुने नहुने सवै खान्छन्!!
उदेश्य यीनको फगत धन कमाउने
त्यसकै बलमा रवाफ जमाउने
मुलुक र जनता बन्धक राखेर
छिमेकि रिझाउछन् सरणम् भाकेर!!
नीति भन्दानि नियत सफा छैन
देश र दुनिया प्रति वफा छैन
आफु र आफन्तलाई पोसेका
बाकिँ सवलाई शोसेका!!
शिक्षा क्षेत्रको नि हालत उस्तै छ
युवा उर्जा उसैले चुस्तै छ
ब्यबहारिक्ता र ब्यबसाईक्ता निल छ
नैतिकताको ढोकामा बन्द सिल छ!!