गुनकेसरी केसमा, कता हो जान लागेको
सजधज छ भेषमा, कता हो जान लागेको??
देखेँ हतार चालमा, ठूलै तिर मारिन्छकि
मुहार त्यो आवेशमा, कता हो जान लागेको??
सजियो कि स्वयंवर, वा प्रतियोगी तिमी हौ
जित्नलाई त्यो रेसमा, कता हो जान लागेको??
असजिलो टार्नलाई, पलायन पो हुन्छौ कि
महामारि छ देशमा, कता हो जान लागेको??