दशौँ वर्षे द्वन्दमा पिल्सिएका हामि नेपाली
छुट्कारा पाइएलाकि ! आश थियो यसपालि
कर्ताका कर्म याहाँ आज जो देखिदैछ
मनबाट आशा सव आज मेटिदैछ
जनविश्वास पोको पारि सभा भवन छिरेका
शान्ति र संविधान दिने जिम्मा काँधमा भिरेका
जनताको आकांक्षा के ! यीनलाई मतलव भएन
मुल काम लाथालिंग यीनको ध्यान गएन
राजनीति यीनका निम्ति कमाउ धन्दा भाकोछ
भ्रष्टाचार र कमिसनमा यीनको ध्यान गाकोछ
एकले अर्का संग छिर्के दाउ खेल्दा छन्
अहंकार र दम्भले अकारण पेल्दा छन्
यीनका बुद्ध फिराउन दवाबको खाँचो छ
मनन् गर्नुस मित्रहरु यो कुरा साँचो छ