आज मलाई किन-किन केहि लेख्नै मन लाग्दैन
मन उद्वेलित छ.... केहि गर्न जाँगर नै जाग्दैन
विहानको चिसो मौसम तात्दै जादाँ मन फिर्छकि
अक्षर वहाउनलाई दिमाग भित्र केहि छिर्छकि॥
कोकोहोलो आवाज विच संवाद सुन्न सकिएन
के लेख्ने हो! त्यहि भएर मनमा गुन्न सकिएन
आवाज शान्त भएपछि मननि शान्त भइजाला
तत् पश्चात् पोख्ने छु भावना अक्षरमा काला॥