आज किन किन सपना बिग्रिएको छ
सदा चलखेल गर्नु पर्ने दिमाग थिग्रिएको छ
सन्ततिको चर्तिकला देखेर दु:खि हुदि छन्
मेरि मातृभूमि क्वाँ क्वाँ रुदि छन्!!
हो, याहाँ सगरमाथा नुहेको छ
पहाड फुटेको छ
तराईमा धाँजा फाटेको छ
मेची सुस्केरा फाल्दै छिन्
माहाकालि विरहको भाखा हाल्दै छिन्!!
खै ! अब त बुझ्न नि गाह्रो भो
चाहना नियाल्न नि साह्रो भो
कोहि याहाँ आफुलाई धर्तिपुत्र भन्दछन्
बाकिँ अरुलाई आकास पुत्रमा गन्दछन्!!