आशा गर्यो निरासा मात्र हात लाग्ने
जोस-जाँगर अनि उमङ्ग सवै भाग्ने
यसतो पाराले खै के समृद्धि आउला
जीवनमा कहिले खुसहालि छाउला !!
यो वा त्यो बहानामा समय घर्किदोछ
आपसि कलह झन-झन पो चर्किदोछ
यसतो पाराले खै के समृद्धि आउला
जीवनमा कहिले खुसहालि छाउला !!
जनतामा जाने म्याउ-म्याउ गरेर
सत्ता भोग गर्ने स्व: खल्ति भरेर
यसतो पाराले खै के समृद्धि आउला
जीवनमा कहिले खुसहालि छाउला !!