आगतको आशा जिवित राख्न
विगत प्रेरणाको स्रोत हो भने
वर्तमान प्रयोगको समय
जसले विगतको कम्जोरि जान्यो
उसले वर्तमानमा हान्यो
उसैलाई भविश्यले मान्यो
उसैलाई भविश्यले मान्यो ॥
आगतको आशा जिवित राख्न
विगत प्रेरणाको स्रोत हो भने
वर्तमान प्रयोगको समय
जसले विगतको कम्जोरि जान्यो
उसले वर्तमानमा हान्यो
उसैलाई भविश्यले मान्यो
उसैलाई भविश्यले मान्यो ॥
आज काठमाण्डुमा मौसम परिवर्तन भएको छ
यो संग संगै मन अन्तै विचरण गर्न गएको छ
स्यु स्यु चिसो छ सरिर पर्यो नधान्ने खालको
मौसम परिवर्तन पनि यो साल खै के तालको!!
जाडो गयो अव त भनि ठान्यो आउछ पलाएर
अर्को दिन घामले पोलि हैरान शरिर गलाएर
अस्थिरताको भुँवरिमा परेको यो समाज हाम्रो
लाग्छ, देख्दा हाम्रा नेताहरुको दैनन्दिनको यो चाल
संविधानसभा हुन लाग्दैछ हारेका जुवाडेहरुको खाल
समय छदाँ केहि नगर्ने सकिन लागे पछि थप्दै जाने
फेरि पनि केहि नगर्दा थप समयको कुनै रहन्न माने॥
अव यीनका बुद्धि सपार्न दवाबको पो छ खाँचो परेको
सोध्नै पर्छ सकल जनले आज सम्म के छ हँ गरेको
आग्रह यो सव संग गरिन्छ मुलुक नदिउ ठेक्कामा
गतिछाडाहरुको छाडापन अन्त्य होस
मतिछाडाहरुको मति पनि सुध्रियोस
विकृति र विसंगतिको जो जालो छ
वर्ष सत्तरिमा त्यो सबै नै उध्रियोस॥
मातृभूमि माथिको अनादर नास होस
अनादर गर्नेको चपरि मुनि बास होस
इमानको खेति याहाँ फुलोस फलोस
वर्ष सत्तरि सोझाका लागि खास होस॥
सद्भाव र भाइचारा याहाँ फैलियोस
विभाजनकारिको अनुहार मैलियोस
स्वार्थि तत्वहरुको समुल स्वार्थिपन
वर्ष सत्तरिमा याहाँ सबै वइलियोस॥
जीवनमा आरोह अबरोहहरु सधैँ आईरहने
तिता मिठा अनुभवहरु सधैँ पाईरहने
कहिले सफलताको सिढि चडिन्छ
कहिले असफलताको खाल्डोमा लडिन्छ
कहिले माया प्रेमले उमंगता ल्याउछ
कहिले विछोड्को पिडाले निश्तब्धता छाउछ
कहिले भाईचारा र सद्भावले आपसमा बान्छ
कहिले घात अन्तरघातको तिरले हान्छ
यहि हो जीवनको अन्तरकथा
याहाँ भन्दा फरक हुदैन सर्वथा
सफलता असफलता अईरहन्छन्
दु:ख सुख: पिडा छाईरहन्छन्
सफलता र सुख:मा नमात्तिनु
दु:ख र असफलतामा नआत्तिनु
मनबाट लोभ-पाप सव भगाए
अन्यको सेवामा आफुलाई लगाए
जीवन बाँच्नुको सार्थकता अवश्य होला
मनमा शान्ति र शमृद्धिले निश्चयै छोला
यी सव कुरा मनमा गुनौँ
रंगि-चंगि सपना देखाएर जनता झुक्याउन सक्यो भने
शिद्धान्तको पाठ घोकाएर कार्यकर्ता भुल्याउन सक्यो भने
ब्यबहारमा केहि नगर्दानि नेता हुन पाईने रहेछ
कमिसन जति कुम्ल्याएनि मन्त्रि हुन पाइने रहेछ
भ्रष्टाचार त यीनका लागि योग्यताको कसि भयो
त्यहि भएर मुलुक आज दल-दलमा फस्दै गयो
राजनीति आज याहाँ कमाउ धन्दा भाको छ
सेवा सुन्य व्यापार भने फष्टाउदै गाको छ
खै कता हो सुन्या थियो नयाँ नेपाल बनाउने
के बनाउलान् यस्ताले खै ! जो सधै गन्हाउने
आफन्त र भाई-भतिजा यीनका प्यारा भएकाछन्
साल-जेठान् सालि ज्वाई,लाभका पदमा गएकाछन्
योग्ताको माने छैन दक्षताको छाड कुरा
यीनिहरुबाट अव हुन्न माँग हाम्रो पुरा
मुलुक यदि बनाउने हो साँच्चै नयाँ भने साथि
जुटौ एउटा अभीयानमा मनमोटाव राखि थाँति
गम्भिर मोडमा उभिएको हाम्रो वर्तमानलाई,
कतातिर मोड्ने हो, अनि के संग जोड्ने हो !
लाग्छ, ईतिहासका रचईता हौँ भन्नेहरु नै
आज रणभुल्लमा छन्,
मेचि-कालि भावनाले जोड्नु पर्ने यो वेलामा
अंशवण्डा लगाउने सम्पति होइन मुलुक भन्ने विर्सिएर
यो साझा फूलवारि भित्र आलि र काँल्ला निर्माण गर्दैछ्न्
तेरो र मेरोको भावना छरपष्ट छर्दैछन्,
आधुनिक, समृद्ध र नयाँ नेपालको नारामा
मातृभूमिको अस्मिता माथि नै धावा बोल्दैछन् !
नारा शिद्धान्त र विचार धेरै छरिए याहाँ,
खोक्रा आश्वासनहरु धेरै बाँडिए याहाँ,
तर भएन आज सम्म भने जस्तो,
कसरि होस त ?
उकाली चढ्दा चौतारी भेटियो, बसियो थाकेर
वरको दाना झर्यो् है शिरमा, गलक्कै पाकेर ।।
थकाई थियो लोलाए आखाँ, झोलाको सिरानी
सपनि देख्छु पुगेछु अन्तै, गाउँ त्यो विरानी ।।
समय हजुर गोधुलि साझँ, खाँचो छ बासको
जिउनु नै पर्ने जाहाँ गएनि, जीवन आशको ।।
आँगनि बिच पुगेर उभियो, सुध्यायो बासन
साँझको पाहुना देवता सरि, पाइयो आशन ।।
घरवेटि आमै जाति रैछिन्, दिइन खानलाई
असल चाल राम्रो बाँणि, मन छैन जानलाई ।।
हावा सरि उडि हिन्ने, चञ्चल यो मन
भाखा गाउदै डुलि हिड्थ्यो, चौतारी र रानिबन ॥
शहरमा आए पछि, बे-सुरा पो भाको छ
जाला- झेल र कपट तिर, सबै सुर गाको छ ॥
कंक्रिटको जंगलले, स्वच्छता नकार्यो
जाहाँ जस्तो जे भेटिन्छ, सवै-सवै नै डकार्यो ॥
हामि हाम्रो भन्ने त, उतै नै छुटे छ
मानवताको जो नाता थियो, सवै नै टुटे छ ॥
आधुनिक्ता हावि भयो, अहंकार बढ्यो
रङ्ग-रेलिया दिनचर्या, मस्तिको मात चढ्यो ॥
रोग-सोक बोकिया छ, युरियाको खान्कि
झ्याल्टुङ् पेट सुके खुट्टा, बिग्रिसक्यो बान्कि ॥
काहाँबाट आइयो अनि, को भन्ने कुरा
शहरको यो बसाईले आज, बिर्साई दियो पुरा ॥
कहिले काहिँ सम्झदा, सितल त्यो हावा
जनतालाई रुवाएर मस्तिको, हासो हाँस्नेहरु
देशलाई बिर्सिएर बिदेश संग, मायाँ गाँस्नेहरु
खबर्दार ! जुर्मुराउदै छन् याहाँ, देशभक्तहरु
र आउदै छन् तिमिहरुलाई, अब छास्नेहरु!!
युगमा आउने एक दिन माथि, कहर बर्षायौ
कर्तब्यच्युत भई याहाँ हरे!, जनता तर्सायौ
खबर्दार ! जुर्मुराउदै छन् है याहाँ, जनताहरु
जस्लाई तिमिले लड्नका, निम्ति पर्सायौ!!
६०१को त्यो सभामा ८-१०को, हैकम जमायौ
जे का निम्ति गा'थ्यौ छाडि, सत्तामै रमायौ
खबर्दार ! जुर्मुराउदै छन् ति लिप्सा, देख्नेहरु
जस्लाई छलि अकुत धन, तिमिहर्ले कमायौ!!