बन्द बिकास काम चलाउ, सरकार भए पछि
मन्द निकास पिपलपाते, व्यबहार भए पछि
गौतम बुद्ध नदेउ अर्ति, म हिसांको बाटोमा छु
खुन पिएर जिउनु पर्ने, तरवार भए पछि
अभाब भित्र सारा जनता, पिल्सिएर मरेपनि
हेर्ने होईनन् नेता ज्युले त, दरवार भए पछि
देश भरीनै कोलाहल छ, हत्या हिसां जताततै
के आस राखु र नेता सबै, मतियार भए पछि
जनता सामु देखाउदै दाँत, ङिच्च ङिच्च हास्दै फेरी
लाज पचाई बोल्दा रहेछन्, ति लाचार भए पछि