चोखो माया गर्नेलाई बोलाउँ के भनेर,
मन मुटु हर्नेलाई बोलाउ के भनेर ।
बचनको बल्छि हानि पास ताने पछि ,
आफै पर सर्नेलाई बोलाउँ के भनेर ।
रिसाएर कतै पनि नजाउ कालि भन्दा,
मनको नाता पर्नेलाई बोलाउँ के भनेर ।
हृदयमा तृष्णा साँचि भन्न डराउदै,
रुँदै नदी तर्नेलाई बोलाउँ के भनेर ।
प्राण घाति बनाउछ कि जस्तो भान पाएँ,
अ शान्ति ले मर्नेलाई बोलाउँ के भनेर ।