मन दुखाई किन बाच्नु म त कान्छु मरे हुन्छ
मरी छ नि बल्ल भन्दै तिम्ले उत्सब गरे हुन्छ
आफ्नो ठाउमा ठिकै छु म भन्दै तिमि हिडेपछि
किन बस्ने म यहि गाँउमा अन्तै बसाई सरे हुन्छ
सगै जाउला पारि भन्दै हात समाई लगेर नि
खोलि बिच मलाई छोडि एक्लै तिमी तरे हुन्छ
खोटो रैछ भाग्य मेरो देख्या कुरा पाईन मैले
चिता मेरो जल्न थाल्दा घाट तिर झरे हुन्छ