अहिले किन ढिला गर्यौ, यहि बेलामा आउथेउ आमै
आफ्ना मनका पिर पोखेर, थोरै शान्ति पाउथेउ आमै
सन्तान सम्झि रुने गर्थेउ, पत्तै छैन तिनको भन्दै
तिनलाई खोज्दा घर बास गयो, भनि कुरा लाउथेउ आमै
कति टाढा थियौ कुन्नि, के ले तिम्लाई यहा ल्याउथ्यो
म नमरुन्जेल आई राख्छु, खिस्स हास्तै भन्थेउ आमै
भन्थ्यौ निर्दयि छन मान्छेहरु, कुकुर लागाई खेद्ने गर्छन
आफ्नै सम्झि छेउमा बस्थ्येउ, तेहि भएर धाउथेउ आमै