सबै काम छोडेर ढुंगा हान्ने काम भो,
बन्द गर्ने निहुमा टायर बाल्ने काम भो,
राजनीतिको नाममा जनता ठग्ने काम भो,
हुदा हुँदा संसारमा हाम्रो अत्तिनै नाम भो !
संविधानको नाममा ढुकुटी फोर्ने काम भो,
संघियताको नाममा देश तोड्ने काम भयो,
विकाशको नाममा नाक नाप्ने काम भयो,
समावेसीको नाममा हतियारको व्यापार भो !
तराई पहाडको एकतामा रंग पोत्ने काम भो
सुरक्ष्याको नाममा हतियारले काम भो,
धर्मको नाममा रगत बगाउने काम भो
सबै काम छोडेर रेलिंग भाच्ने काम भो !
पार्टी पार्टी भनेर सबै नेता हुने काम भो
देशको भन्दा अझ हाम्रो पार्टीको ठुलो नाम भो
संविधानको नाममा भत्ता चट्काउने काम भो
सबै काम छोडेर जनता ठग्ने काम भो !