अतित ,बर्तमान र भबिष्यलाई
शुन्य आकाशको टालोमा
रहरहरुले बेरेर
जिबनलाई तास बनाई
चाहनाहरुले पछार्छु
आसहरुले बजार्छु फाटेको जिबन टालटुल गर्न
सधै आस जाग्छ
'यो हात त मै जित्छु कि !'
जीबन निरन्तर चलिरहन्छ
आस निरन्तर बलिरहन्छ
जीबनको आस
तास बनेर पल्टिरहन्छ , बदलिरहन्छ
जग्गा हारिन्छ
घर हारिन्छ
तर आस हारिदैन
आफै हारिसक्दा पनि
सधै झिनो आसले ब्युताउँछ
आस एउटा मक्किएको त्यान्द्रोमा पनि अडिन्छ
डुब्न लागेको घाममा पनि हुन्छ
त्यहि आसले मन सम्हालिन्छ
र सधै बलिरहन्छ आस
'यो हात त मै जित्छु की !'