नेपाली हुँ, गोर्खालीको नामले म चिनिन्छु ।
कर्मठ छु, गरी यहाँ कामले म चिनिन्छु ।
राम्रो घर, राम्रो लुगा, मिठो खाना खोजिन्न
खोले सिस्नु खाई कन मामले म चिनिन्छु ।
ठग्ने लुट्ने गरिन्न भो बरु श्रम गरिन्छ
गर्या कर्म सुहाउँदो दामले म चिनिन्छु ।
छलिन्न ती कोहि कतै, कसैलाई ढाँटिन्न
होईन भने हातको ई डामले म चिनिन्छु ।