म हेरी रहे
पल-पल हेरी रहें
एकनासले हेरी रहें
र तिमी देखाई रह्यौ नाटक
सडक-सडकमा
सदन-सदनमा
सभा-समारोहमा
उत्तिकै तिम्रो चर्चा चली रह्यो
मिडिया पत्रपत्रिकामा
गरि रह्यौ चिल्ला भाषानहरु,
अन्तस्करणमा थुपारेर दुरालाप ।
मान्छेको व्यबहारले मात्र अपुग भएछ तिमीलाई
र त नरपशु भएछौ
अधमको मुकुट लाएछौ