शुन्दर यो हरियाली बन ।
यहि हाम्रो नेपालको धन ।
प्रकृतिको काखमानै रमी,
त्यसै भित्र हराउँछ मन ।
नेपाल यो कति राम्रो, अज,
हिमालको हिउँमा त झन ।
देख्छु जब सबै तिर कुञ्ज,
तब भुल्छु यहाँ आफ्नो पन ।
मरे पछी यहि माटो भित्र ,
मिलुन यो मेरो सारा तन ।
शुन्दर यो हरियाली बन ।
यहि हाम्रो नेपालको धन ।
प्रकृतिको काखमानै रमी,
त्यसै भित्र हराउँछ मन ।
नेपाल यो कति राम्रो, अज,
हिमालको हिउँमा त झन ।
देख्छु जब सबै तिर कुञ्ज,
तब भुल्छु यहाँ आफ्नो पन ।
मरे पछी यहि माटो भित्र ,
मिलुन यो मेरो सारा तन ।
यो जिन्दगी देखि हार खाएँ साथी आज ।
दिन पनि लाग्न थाल्यो जसै राती आज ।
जिन्दगी का सपना नि थिए थुप्रै मेरा
कहाँ पुरा भयो र ति भए थाँती आज ।
बाकल नि गरे खै त लक्ष्य पुरा भा'को
खेर गए देवतालाई च'ढा पाती आज ।
जोडे नाता कसै संग टुट्यो त्यहि पनि
चोटै चोट खाएँ साह्रै दुख्छ छाती आज ।
पीडाको त्यो धारमा नमज्जाले रेटिएँ म ।
जिन्दगीको अँधेरो कोठा भित्र छेकिएँ म ।
सुखी हुन संगर्ष थुप्रै मैले गरेको थें
अभागी नै रहेछु दु:ख मै पो पेलिएँ म ।
सबै संग मिल्न त नखोजेको कहाँ हुँ र
कर्मै खोटी रहेछ क्रुर जस्तै देखिएँ म ।
सारा कुरा पाएकै थिएँ आज सम्म मैले
तर अहँ दुर्भाग्य दैब बाट हेपिएँ म ।
राष्ट्र भक्ति गीत हामीले,गाउनु पर्छ अब।
सबै मिली दिगो शान्ति,छाउनु पर्छ अब।
संस्कृति र भेषभुषाको,सम्मान गर्दै हामी
दौरा सुरुवाल,चौबन्दी चोली,लाउनु पर्छ अब।
अन्यायी र अत्याचारीलाई,निर्मुल पारेर यहाँ
शान्ति संग जिउने अधिकार,पाउनु पर्छ अब।
सुतेको त्यो बस्ति पनि,व्युउँजाउनु पर्छ हेर
चेतनाको बिज छर्न गाउँ घर,दाउनु पर्छ अब।
म नेपाली नेपालकै लागि मर्न पाउँ !
म पौरखी शान्तिको विज छर्न पाउँ !
परिवंच हैन यहाँ विश्वासले जिती
म नियन्ता ग्रहितव्य काम गर्न पाउँ !
आमोदको अन्त्य भ'को यो भूमिमा अब
म हर्दम शान्ति अनि खुसी भर्न पाउँ !
बेद भाव र द्धन्दले ओत प्रोत यहाँ
म पात झैं अभाक्ति त छिटै झर्न पाउँ !
आफ्नै पाखा पखेरा यी फुलाउँछु सँधै ।
गरिबी यो मन त्यतै डुलाउँछु सँधै ।
कर्मठ म किसानी हुँ रुचाउँछु श्रम
लेक बेशी गर्दै दिल खुलाउँछु सँधै ।
जाउँ लाग्छ परदेश पसिना यो बेच्न
तर सोंच स्वदेश मै भुलाउँछु सँधै ।
मलिला छ नेपाली यो माटो हाम्रो हेर
पसिनाका फल अन्न हुलाउँछु सँधै ।
सक्दिन म जिउन नी निर्णय यो गरी सकें ।
अंश्रुधारा संगै म त बिलिन् हुन झरी सकें ।
थाकीसके मेरा सारा पाईला यो निरीह भै
बाहिर म बाँचे पनि भित्र भित्रै मरी सकें ।
पुरा हुन्न रहेछ ति सोंचे जत्ति लक्ष्य सबै
त्यसैले त उजाडीलो ओजेलमा परी सकें ।
चर्चाचल्यो गाउँभरि पिडित यो जिन्दगीको
अनि र पो लाजमानी एक्लासमा सरी सकें ।
ए ! बैगुनी मेरो मन रुवाएर के पायौ
अंश्रुको यो पोखरीमा डुबाएर के पायौ ।
कति साह्रै निर्दयी त्यो तिम्रो दिल पनि हँ
मेरो मुटु भित्र काँडा छुवाएर के पायौ ।
किन गर्छौ पश्चाताप भूल गरि सके'छी
आखेरिमा मलाई नै कुवाएर के पायौ ।
सर्वश्रेष्ठ प्राणी हामी सोंच्नु पर्थ्यो नि
पियुषको साटो बिष खुवाएर के पायौ ।
नसुर्ताउ तिम्रो शिर झुक्न दिन्नौ आमा ।
शरीरका रगत त्यो सुक्न दिन्नौ आमा ।
अन्यायी ति सन्तानले दिए चोट धेरै
जेजे भए अब हामी दुख्न दिन्नौ आमा ।
मर्छौं बरु तिम्रो लागि तर बैरी बाट
तिमीलाई कहिल्यै नि थुक्न दिन्नौ आमा ।
गोलि हैन चेतना को जलाएर दिप
ईज्जत'त्यो माटोमुनी लुक्न दिन्नौ आमा ।
सम्झनाको तरेलीमा बसेर त हेर ।
तिम्रो लागि मरीदिन्छु डसेर त हेर ।
चाहन्छु म तिमीलाई र'पो मायाँ गर्छु
हैन भने मन भित्र पसेर त हेर ।
बिछोडको पल साह्रै नै'घातक हुन्छ
झुटा प्रित भित्र तिमी फसेर त हेर ।
दिन्न चोट बरु ज्यान दिन्छु हैन भने,
मायाँ गरि दिल भित्र कसेर त हेर ।