आयो फेरि याद बनी कोई,
मेरो सिरानी भिजाएर गयो ।
छाडे थ्यो चिनो एउटा,
त्यहि चिनारी भिजाएर गयो ।
बिछोडको भेलमा पनि ओबानो राख्या थिए,
त्यहि निसानी भिजाएर गयो ।
रात त सधै भिजेरै बित्दथ्यो,
आज, उफ्..., बिहानी भिजाएर गयो ।
आयो फेरि याद बनी कोई,
मेरो सिरानी भिजाएर गयो ।
छाडे थ्यो चिनो एउटा,
त्यहि चिनारी भिजाएर गयो ।
बिछोडको भेलमा पनि ओबानो राख्या थिए,
त्यहि निसानी भिजाएर गयो ।
रात त सधै भिजेरै बित्दथ्यो,
आज, उफ्..., बिहानी भिजाएर गयो ।
ल त सरकार बन्ने भएछ,
भाकाको फेरि घरबार बन्ने भएछ ।
काठमाण्डुको छातीमाथि दुईचार
अझै दरबार बन्ने भएछ ।
उहि हातमा त रहने हो सत्ता आखिर,
बोदे खुकुरी तरबाल बन्ने भएछ ।
बाउन्न झ्याले श्रापित महल
अब भण्डार बन्ने भएछ ।
सिद्राको नासो ढाडे बिरालो
फेरि पहरेदार बन्ने भएछ ।
तितो भए "तै खा भाई",
मिठो भए "मै खा भाई"!
झोलसबै बुहारीलाई,
चोक्टा सबै भाऊजुलाई!!
लिन हुदा "म तेरो दाई",
दिन पर्दा "कसो गरौ भाई?"
पाडो जन्मे "ला मेरो भाई",
पाडि पेवा भाउजुलाई!!
ट्वाक खाने तिमी दाई,
भेलीको ब्याज भाई लाई,
त्यसमाथि थर्काई अझै,
"किन भनिस भाऊजुलाई??"
मस्ती गर्ने झिल्के दाई,
पिटाई खाने तिन्के भाई,
काँडा सबै बुहारीलाई,
गल्ली-गल्ली र चोक-चोकमा ठडिएका छन,
बिभिन्ना मुद्राहरुमा-
पाषणयुगका अवशेषहरुसरि
आफ्ना नवपिडिका कल्पनाहरुमा
बाँध्य भई रतौली खेल्न,
कतै पङ्छीहरुका टेकसा भएर,
स्पेशल क्यालेण्डरका दिनहरुमा
अबिर र माला चढाईने
स्पेशल आकृति भएर,
आफ्नै रक्तबिजका
आयस्रोत भएर,
चुनावका बिशेष दिनहरुमा
आफ्नै माउसुलिका बलिका बोका भएर,
अनि कतै पार्टाईम मूत्रलय भएर ।
जीवितनै आफैदारा सहिद घोषितहरु
ब्यस्त छन संसद र सडकमा मुठ्ठी बजार्न,
भेडा जनता जुदाएर ताली पड्काउन ,
आफ्नै खोटो सिक्काले चुक्किएको रहेछू,
माछो-माछो भ्यागुतो भई फुत्किएको रहेछू ।
बेअर्थैमा दोष दिए आँखा तरि संसारलाई,
म त आफ्नै भाग्यले नै झुक्किएको रहेछू ।
दङ्ग पर्थे,छक्क पर्थे, त्यो चाल देख्दा अक्क-मक्क पर्थे,
तर सद्दे रैछन अरु सबै, म पो खुस्किएको रहेछू ।
जता जान्छू त्यतै सबै किन गनाउछन भन्थे,
बल्ल आज थाहा पाए म आफ्नै गु मा मुछ्छिएको रहेछु ।
सपनीमा झस्किने यो बानी गएन !
तिमी संग मस्किनी यो बानी गएन ।।
ति हात थाम्ने रहरमै कालो कपाल सेतो भयो,
छुदापनि रिसाउने तिम्रो त्यो बानी गएन ।।
बात पाए, घात पाए, कयौ चोटि आघात पाए!
तर तिम्रो मुहार देख्दा सबै बिर्सने यो बानी गएन ।।
मनका पोका खोल्छेऊ भनि धेरै पटक मौन बसे,
तर ति ओठ कहिले नखुलाउने तिम्रो त्यो बानी गएन ।।
परेलीमै बल्झाई राख्यो आगनीको याचकसरि सधै,
" अर्याल कान्छो" तिम्रो ठुलाओछ्यानको कहिलै पाहुना भएन ।।
भजने बा कुनै परिचयको मोहताज छैनन किनकि ऊनि आफैमा एक परिचय हुन, ऊन्लाई कुनै चिजको आवाश्यकता छैन किनकि ऊनि आफैमा एक पूर्णबिराम हुन,ऊन्लाई खाँचो हुन्छ त एक जोडि मजुरा अनि भजन कार्यक्रमको... । भजन कार्यक्रममा भजनेबालाई निम्तो नदिनु भनेको आफैले भैरव डाक्नु हो । प्रसाद कलामा भजनेबा को "गिनिस बुक आँफ वाँर्लड रेकोर्डमा" नाम आउन सक्छ यदि नेपाल सरकारले अलिकति पनि सहयोग गरे तर सबैलाई थाहै छ, सरकार सँग सहयोगको आश राख्नु भनेको भग्वान गणेशसँग मोटर साईकलको याचना गर्नु हो । तरपनि जे- जति भएतापनि भजनेबालाई हाम्रो वरिपि नचिन्ने जिवित मान्छे मईले त आजसम्म भेट्याछैन है! भजनेबाको त्यो चुच्चे नाकको सुघ्ने क्षमताको आफ्नै छुटै लिला र ईतिहास छ जसलाई म आगामि दिनहरुमा "भजनेबाको नाशिकलिला" रुपि शिर्षकमा प्रस्तुप गर्ने छु तरपनि अहिलेलाई यति बुज्नुस् कि ऊनि हावाको बेग र गँध को भरमा भन्दिन सक्छन कि कून गाँऊको कुन यजमानले ऊन्लाई निम्तो पठाएन र त्यो पाक्दै गरेको प्रशादमा के के कमी छ... । अब यि रनथन छाडेर म सिधै मूलकुरो तिर लागे है त! टन्टलापुर मध्यान्नमा भजनेबा बिर्खेको बुबासँग असिना-पसिना भई रन्केको देख्दा म तीनछक परे । कुरो के रहेछ भनि बुज्न खोज्दा त बिर्खेमाथि रिस सँगसगै हाँसोपनि उठेव । मामिला सेन्टिमेण्टलमात्र नभई दिलको पनि रहेछ ।
हिरा-मोती होईन मलाई प्यार चाहिया छ,
तिम्रो बिशाल दिलमा सानो दरबार चाहिया छ ।
यो छातीमा तातो रगत नभएर होईन "कान्छी",
यि छेकबार पन्छाउन त्यो नजरको धार चाहिया छ ।
सिकन्दर भै प्रेमरुपि संसार जित्न सक्छु थाहा छ तसर्थ,
त्यो सिउदोको सिँदुररुपि तलवार चाहिया छ ।
लम्बा चौडा कुरा होईनन्, घरज्वाईका कुरै छोड,
मलाई तिमीसँग आफ्नै सानो झोपडीमा घरबार चाहिया छ ।
यसो हाम्रो कुरो पनि सुनिदेऊ न सरकार,
अलिकति हाम्रो पिडा नि लेखिदेऊ न गजलकार !
थानामा चाना काट्दा माना- पाथि नभरे'भा,
एउटा रिपोर्ट हाम्रोपनि लेखिदेऊ न थानेदार !
आधारभुत समस्याको नै समाधान छैन भने,
आन्द्रा-भुडि किन्न-बेच्न मिल्ने बनाईदेऊ न बजार !
लाखौ-करोडौमा हजुर खेल्नुस नो प्राँबलम,
यसो हाम्रो जिउ-ज्यानको नि मूल्य देऊ न हजार ।
अचम्मको समय, अचम्मको काल छ,
बारुदको गोदाममा शान्ति फाला-फाल छ ।
जस्ले बन्दुक भिर्छ आमा त्यसलाई माला-माल छ,
कलम बोक्ने कलमबीरको दुबै गाला लाल छ ।
आरोप भन्ने नपोल्ने आगो एक-अर्का माथि हाला-हाल छ,
सुन्छू मैले नेपाल देशको हाल सारै बेहाल छ ।
रारा-फेवा सुकि गए तर काठ्माण्डू रक्त ताल छ,
छदमभेषि भेम्पायरको लागि निर्दोस जन्ता ढाल छ ।