ल्या त बुढि कुटेलौरो दरबार हान्न जान्छू,
धेरै भुके छाडा कुकुर यिन्लाई बान्न जान्छू ।
देश बना भनेको त कपाल मात्र कना छ,
ल्या त बुढि मेरो टोपी कान तान्न जान्छु ।
मगमगाउदो बास्ना थियो अहिले गु सरि गना छ,
ल्या त बुढि मेरो बेल्चा त्यो फोहोर फाल्न जान्छु ।
जन्ता सबै भोकै राखी बजियाहरु पो ढाडिए,
ल्या त बुढि मेरो गैटी पेट फोर्न जान्छु ।