आज छोराले बाउको कुरो गर्दैछ,
वा ! वा !! पिडाले घाउँको कुरो गर्दैछ !!
यसपार वा उसपार हुनै पर्ने भयछ कि क्या हो,
आज किनाराले नाउको कुरो गर्दैछ!!
दामासाही भयर नि पुगेन्छ कि हरे,
आज लिलामीले भाउको कुरो गर्दैछ !!
कस्ले भन्छ हिजो आज हुन्न आज हिजो "कान्छा",
आज आजले घडि र पाउको कुरो गर्दैछ !!
दशाले दशा देखाएरै छाड्ने भो लौ हेर,
आज सडकमै माउले चल्ला र चल्लाले माउको कुरो गर्दैछ !!