तितो भए "तै खा भाई",
मिठो भए "मै खा भाई"!
झोलसबै बुहारीलाई,
चोक्टा सबै भाऊजुलाई!!
लिन हुदा "म तेरो दाई",
दिन पर्दा "कसो गरौ भाई?"
पाडो जन्मे "ला मेरो भाई",
पाडि पेवा भाउजुलाई!!
ट्वाक खाने तिमी दाई,
भेलीको ब्याज भाई लाई,
त्यसमाथि थर्काई अझै,
"किन भनिस भाऊजुलाई??"
मस्ती गर्ने झिल्के दाई,
पिटाई खाने तिन्के भाई,
काँडा सबै बुहारीलाई,