ऐ मेरा बाँध्यताहरु !
तिमी के सोच्छौ?
म तिम्रो पर्खालमा ठोक्किएर,
छालसरि फर्कने छू !!
वा तिम्रो अहमताको पाहाडमा ठोक्किएर,
झरीसरि दर्कने छू !!
अफ्शोश त्यस्तो हुने छैन,
न त म तिम्रो खिल्लि उडाउदै,
पागलसरि हाँस्ने छू !
न त म तिम्रो मारले
बलेनीसरि रुने छू !
मेरो भोली उस्तै हुनेछ,
केहि नभएसरि....सामान्य,