मैना चरी भुर्रर उड्दै एक्लो पारी गयो
रानी बन सुन्य सुन्य साथ छाडी गयो
पल पल भेट हुन्थ्यो कुहुँ कुहुँ गर्दै
बिना अर्थ थाहै नदिई मुख मोडी गयो
माया मोह दिलमा राखी बाटो हेर्दा हेर्दै
पर पुगी रुप फेरी नाता तोडी गयो
आयो याद ,आशुं झर्यो रोक्न पनि सक्थे
हेर्दा हेर्दै झनै टाडा दिल झोडी गयो