आज फेरी एउटा चाह बल्किएर आएँ
पुरानो त्यो स्वाद सम्झी पल्किएर आएँ
तिम्रो घरको बाटोगरी झर्दै थिए बेसीतिर
जुन जस्ता तिम्रा अङ्ग टल्किएर आएँ
सधैं ढोका खुल्छ भन्थ्यौ तर आज बन्द रै’छ
झ्यालैबाट छिर्नुपर्यो ढल्किएर आएँ
आज फेरी एउटा चाह बल्किएर आएँ
पुरानो त्यो स्वाद सम्झी पल्किएर आएँ
तिम्रो घरको बाटोगरी झर्दै थिए बेसीतिर
जुन जस्ता तिम्रा अङ्ग टल्किएर आएँ
सधैं ढोका खुल्छ भन्थ्यौ तर आज बन्द रै’छ
झ्यालैबाट छिर्नुपर्यो ढल्किएर आएँ
यो जोवन अन्तै साटेको भए
मै मरी जाउला ढाटेको भए
तिम्रै केशमा डोरी झै छु म
सत्य! अरुको बाटेको भए
दिलमै राख्या’छु तिम्रो तस्बिर
धरोधर्म सानु फाटेको भए
हिजो राती अर्कै सँग बस्यौ अरे हो र?
उसकै बलबाहु माझ खस्यौ अरे हो र?
रातलाई छिचोलेर सन्नाटालाई बिथोलेर
ठुलाघरको बेसी गोठमा पस्यौ अरे हो र?
म सँग चिल्ला चाप्ला कुरा गर्थ्यौ एकै नाश
उसँग नि चिल्ला कुरा घस्यौ अरे हो र?
मात्रित्वको यहाँ, उठिबास भो आमा
यो कस्तो लौन, आसपास भो आमा
हत्या र हिंसा, ब्याप्त छ सर्वत्र
बुद्दलाई पनी बनबास भो आमा
तिम्रै त्यो कोख, बिच्छेदन हुँदैंछ
गृहयुद्दको भय, सन्त्रास भो आमा
जनताको पिडा “थाल खाउ कि भात”
लिन मलाई गार्ह्रो, सास भो आमा
जात र धर्मको फूलबारी भो एकादेश
गुलाब नि आज, पलास भो आमा
गुन्जिन्छन नेपथ्यमा पिडाका आवाज
छटपटिदै देश, लास भो आमा
मात्रित्वको यहाँ, उठिबास भो आमा
यो कस्तो लौन, आसपास भो आमा
सराङ्कोटको डाँडा सङ्गै चढ्दै गर्दा मजा भयो
हात समाई उन्को नजिक बढ्दै गर्दा मजा भयो।
उकालीको यात्रा सङ्गै साथीहरु छिन्न भिन्न
सङ्गै हामी दुईको दुरी घट्दै गर्दा मजा भयो।
थाकेँ भन्दै काँखमा राखी उठाउन अनुरोध भो
बोक्ने बेला चिप्लेपछी लड्दै गर्दा मजा भयो।