लजाउदै जानिलाई सलाम छ मेरो
ति रुप कि खानिलाई सलाम छ मेरो
कस्तो अहा! परेलीले झिम्क्याएर बोल्ने
उन्को आनिबानिलाई सलाम छ मेरो
चट्ट जिउ लामो केश ओठ सुनकेस्रा
भरपुर जवानीलाई सलाम छ मेरो
लजाउदै जानिलाई सलाम छ मेरो
ति रुप कि खानिलाई सलाम छ मेरो
कस्तो अहा! परेलीले झिम्क्याएर बोल्ने
उन्को आनिबानिलाई सलाम छ मेरो
चट्ट जिउ लामो केश ओठ सुनकेस्रा
भरपुर जवानीलाई सलाम छ मेरो
फगत प्रेम बारबार याद आयो
कसैको फेरी लगातार याद आयो
जब साँझपख, झ्याउकिरी करायो
तिनै पाउजुको झन्कार याद आयो
सुन्दर सानो चिटिक्क घरबार बस्ने
झुठा बाचा, कच्चा आधार याद आयो
कसैलाई आशिष कसैलाई श्राप हुनसक्छ
मृत्युसँग लड्दा जीवनको नाप हुनसक्छ
धेरै नजाउ मन्दिर नचढाउ धेरै भेटिहरु
देउतामा नि लोभ जागी हान्थाप हुनसक्छ
अनिच्छाका बन्धनहरु बिबशतामा बांध्नुपर्दा
नातागोता सम्बन्ध नि अभिशाप हुनसक्छ
अधम भएछु, डर लाग्दैन
आँफैलाई आफ्नो भर लाग्दैन
भन्यौ जाली र पापी मान्छे
सोच्नलाई तिम्ले कर लाग्दैन
देखेको छैन, सास पथ्थरमा
छ जस्तो कही ईश्वर लाग्दैन
आज केही खास बन्दैछु
फेरी बदमाश बन्दैछु
बास्नाहरु मनपर्न छाड्यो
त्यसैले पलास बन्दैछु
एक्लै बस्छु हास्छु कैले
कहिले निराश बन्दैछु
तराई र पहाड अनी, हिमाल रोएको छ
हेर प्रत्येक ठाँउठाँउ, नेपाल रोएको छ
जती बग्नु बगी सकें रगतका खोला
पुछ्दै आँसु बन्दुकको नाल रोएको छ
रोल्पा रुकुम बिनाशै भो दशा मडारियो
भोका पेटको कुरै छोडौ थाल रोएको छ
आफ्नै बिचार सेरेर बसियो
दुईचार गजल केरेर बसियो
जब देश मिचे बिदेशिले
स्वास्निको गुन्यु बेरेर बसियो
बुद्दको शान्ती लीलामी भयो
आफु चै मुन्टो फेरेर बसियो
तिम्रो यादमा मनको मेहफिल पठा’छु
पत्र खोल्नु पत्र भित्र दिल पठा’छु
पर्खाईमा आँखा, रुदै हौली देउरालीमा
साथ दिन मेरो नयन डिल पठा’छु
तिम्रो यादमा जेजे गर्छु अनी जेजे सोच्छु
प्रस्ट कोरी आकाश जस्तै निल पठा’छु
तिम्रोमेरो बातबिच बैरि आँखा पर्लान
लुकाई राख्नु सम्बेदन-शिल पठा’छु
पर्ख अझ केही बर्ष लीन आउछु हजुर
यस्तै बात लेखी एउटा अपिल पठा’छु
पत्र खोल्नु पत्र भित्र दिल पठा’छु
तिम्रो यादमा मनको मेहफिल पठा’छु
जे हुन्छ नियतबश हुन्छ
तब जिन्दगी सकस हुन्छ
मौरी झ्याम्मिदैनन फूलमा
झरेपछी कहाँ रस हुन्छ !?
मान्छे झुक्दैन् आफ से आफ
जो सँग अथाह यश हुन्छ
आज फेरी एउटा चाह बल्किएर आएँ
पुरानो त्यो स्वाद सम्झी पल्किएर आएँ
तिम्रो घरको बाटोगरी झर्दै थिए बेसीतिर
जुन जस्ता तिम्रा अङ्ग टल्किएर आएँ
सधैं ढोका खुल्छ भन्थ्यौ तर आज बन्द रै’छ
झ्यालैबाट छिर्नुपर्यो ढल्किएर आएँ