त्यो गजलकार, भाउ खोज्दै छ
गजल बनाउने, दाउ खोज्दै छ
जुनको बयान, कति गरु भन्छ
आफ्नै मुटु भित्र, घाउ खोज्दै छ
कलम चलाउन, मजा छ रे तर
जिवन चलाउने, नाउ खोज्दै छ
गासेर अक्षरहरु, माला बनाउछ
किताब छपाउन, साउ खोज्दै छ ॥
त्यो गजलकार, भाउ खोज्दै छ
गजल बनाउने, दाउ खोज्दै छ
जुनको बयान, कति गरु भन्छ
आफ्नै मुटु भित्र, घाउ खोज्दै छ
कलम चलाउन, मजा छ रे तर
जिवन चलाउने, नाउ खोज्दै छ
गासेर अक्षरहरु, माला बनाउछ
किताब छपाउन, साउ खोज्दै छ ॥
मुक्तिको हाँसो
हाँस्न नपाउदै
गर्जिए
आफ्नै सपनाहरु
अनि झस्किएर फर्किन्छु
फेरी अर्को कोल्टो ।
कुनै सुन्दर तलाउको किनारमा
हातमा हात राखेर
प्रण गर्दै थियौ तिमी
र
कहिल्यै नछुटिने
कसम खाँदै थियौ
म अतालिँदै थिए ।
लौ यो वस्तिका सबै करकारमा छन्
हिजो मान्छे मार्नेहरु सरकारमा छन्
श्रीपेच त सङ्ग्राहलायमा राखियो
ज्ञानेन्द्र नार्गजुन दरवारमा छन्
बाबुको हत्या गरी छोरा जंगल लान्थे
अत्याचार एक एक अखवारमा छन्
ईतिहास देखी नै दमन सहिर-यौ
सोझा जन्ता बेस्त घरवारमा छन्
लौ अन्तिम लडाईको तयारी सुरु भो
संबिधान वा ज्यानको वारपारमा छन् ।।