फलामको लामो रड
इस्टिलको छ तार
दुवै मिलाई बिछ्याउदा
त्यस्ले लियो भार ।
ढुङ्गा फुटाइ गिटि बन्यो
बालुवा चाल्दा बज्री
सिमेन्ट मिसाइ ढलाई गर्दा
छाना भयो पक्कि ।
राता राता इटा जोडियो
एक पछि अर्को
मलाई भयो झर्को ।
हेर्दा हेर्दै कति राम्रो
बन्यो मेरो घर
बन्छ अब फुलबारी
अनि लाउछु बार ।