‘कुकुरी काँ......
कुकुरी काँ.....’
पखेटा फट्कार्दै खोरको भालेले उज्यालोको सन्देश सुनायो ।
मस्तसँग निदाइरहेकी व्यूझिइन । आँखा मिच्दै उठेर हेर्दा मने अँझै निदाइरहेको थियो ।
‘भाइ उठ उज्यालो भइसक्यो, पढनुपर्छ’ उनले घचघचाउदै भनिन ।
दुवै जना उठेर बाहिर निस्किए । विहानीको घाम ताप्दै रुखमा चराहरू चिरविर गदै नाचिरहेका थिए ।
दुवै दिदी भाइ पालै पालो शौचालय गए । दाँत माझेर हातमुख धोएर बाहिर पीढिमा बसेर पढ्न थाले । उनीहरूको आवाज सुनेपछि नजिकैको बाख्राको खोरभित्र मुने कराउन थाल्यो । ‘लौ अब यसलाई खेल्न साथी चाहियो’ भन्दै मुनाका वुवा सन्तले खोरको ढोका खोलिदिए । मुनी कान ठाडो पार्दै खुसीले वुरुक्क वुरुक्क उफ्रदै मने र मुना भए ठाउँमा पुग्यो । दुवैजनाले उसलाई माया गरेर काखमा वसाए । आफूले खादै गरेको मकै खान दिए । दिदी भाइले घरमा पालेका सबै जनावरलाई निकै माया गर्थे । खाना खाएर उठ्ने वेलामा अलिअलि भात कुखुरा, बाख्रा र भैसीलाई पनि खुवाउँथे । माया पाएर घरका बाख्रा, कुखुराहरू उनीहरूसँग झ्याम्मिन्थे ।
मनेका वुवा साधारण सरकारी कर्मचारी हुन । आमा सुन्तली गृहिणी हुन । फुर्सदमा दुवैले वारीमा खेती पाति गर्दथिए । खेती गर्दा मल चाहिने भएकोले घरमा बाख्रा, गाईभैसी, कुखुरा पालेका थिए ।
घरको वाख्रीले दुई वटा पाठापाठी पाएकी थिई । तर एउटा पाठी जन्मेको एक हप्तामै जाडोले कठ्याग्रिएर मरेकी थिई । पाठो पनि विरामी परेको थियो । तर ओखतीमुलो गरेर वचाएका थिए । माया र जतन गरेर वचाएकोले पाठो घरमा सबैको प्यारो थियो । ‘मुनी मुनी आईजा’ भनेर वोलाएपछि जताभए पनि दगुर्दै आईपुग्थ्यो । मुनी सानैदेखि एक्लो भएकोले उसका साथीभाइ नै मने र मुना थिए । उनीहरूवीच घनिष्ठ प्रेम थियो । दिदी भाइलाई नदेख्दा मुनी ‘म्या म्या’ गरेर कराउँथ्यो । उनीहरू पनि मुनिलाई छाडेर हिड्नुपर्दा दुःखी हुन्थे । जतापुगे पनि घर आउने वित्तिकै मुनेलाई अंगालो हालेर सुमुमाउँथे ।
दिदी भाइ विद्यालय गएपछि मुनि घरमा एक्लै पर्दथियो । कतिखेर फर्कन्छन ? भनेर वाटो हेरेर वस्दथियो । मनेले त स्कुलमा दिएको खाजा वचाएर मुनिलाई ल्याएर खुवाउँथ्यो । परैवाट ‘मुनी मुनी’ भन्दै वोलाउँदै आउथ्यो । मुनी पनि खुसीले वुर्कुसी मार्दै वाटोसम्म लिन पुग्थ्यो । गाउँमा डुल्न जाँदा मुनी पनि दिदीभाइसँगै हुन्थ्यो । दुवैले मन पर्ने घाँस खोजी खोजी खुवाउथे ।
समय वित्दै गयो । मुना सात र मने चार कक्षामा पुगे । मुनी पनि अब जवान भइसकेको थियो । उनीहरूवीचको माया पनि वड्दै गएको थियो । आपसमा छुट्टिएर वस्नै नसक्ने भइसकेका थिए ।
एक दिन रात खाना खाने वेलामा मनेका वा आमा सल्लाह गर्दै थिए ।
‘मन्दिरमा वोको चढाउने भाकल गरेको पनि धेरै भयो जानुपर्ने’ सुन्तलीले भनिन ।
‘वलि चढाउनलाई घरमै वोको छ क्यारे, जाउन त’ सन्तेले भने । आउने शनिवार छोराछोरीलाई पनि लिएर पूजा गर्न जाने निधो गरे । आडैमा कुरा सुनेर बसेको मनेले भन्यो ‘मुनीलाई पनि लाने भए जान्छु नत्र म त जान्न ।’
‘तेरो मुनिलाई नलगे त पूजा हुदैन, जसरी भएपनि लानै पर्छ’ सन्तेले हाँस्दै भने । शनिवार पनि आयो । मन्दिर घुम्न जाने भनेर दिदीभाइ खुसीले फुरुङ्ग परे । विहानै आमावुवासँगै उठेर सरसफाई गरे । नयाँ नयाँ कपडा लगाएर मन्दिर जान तयार ठिक्क भए । सन्तेले मुनीको घाँटीमा डोरीले बँाधेर मनेलाई समातेर हिड्न भने ।
मुनी पनि मने र मुनासँगै हिड्न पाएकोमा निकै खुसी देखिन्थ्यो । ऊ घरी अघिअघि त घरी पछि पछि गर्दै हिड्थ्यो । घरवाट केही पर हिडेपछि सबैजना वसमा चढे । खचाखच यात्रु वोकेर वस घुईकियो । बसमा अरु मानिसले पनि मुनी जस्तै वोको लिएका थिए । ‘यीनिहरू पनि मन्दिर जान लागेका हुन ?’ मनेले वुवालाई सोध्यो ।
‘हामीले जस्तै पूजा गर्न हिडेका हुन’ सन्तेले जवाफ दिए ।
खोला, जंगल र वस्ती पार गर्दै वस एउटा ठुलो डाँडाको फेदिमा पुगेर रोकियो । सबैजना वसवाट झरे । मानिसको ठुलो भीड थियो । मुनी हराउँछ कि भनेर मनेले वेस्सरी डोरी समात्यो । मुनीले पनि मनेलाई एकछिन छोडेन ।
अलि पर जंगलभित्र ठुलो मन्दिर देखियो । ‘ट्वाङ्ग ट्वाङ्ग....’ घण्टी वजेको आवाज आइरहेको थियो । सन्तेले मनेलाई, मनेले मुनिलाई र सुन्तलीले मुनालाई समातीन । वाटो वरपर खाना खाने होटल र अरु धेरै पसलहरू थिए । पसलहरूमा वच्चाका खेलौना, हातले वुनेका कपडा, टोकरी अनेक सामान वेच्न राखिएका थिए । उनीहरू रमझम हेर्दै हिड्दै थिए । एक्कासी मुने ‘म्या म्या’ कराउँदै मनेको टाङ्गमुनि छिर्न खोज्यो । के भयो भनेर मने र मुनाले वरपर हेरे ।
टाउको काटिएको बाख्रा झुण्डाउदै दुई जना मानिस आफूतिर आउदै गरेका देखियो । बाख्राको गर्दनवाट रगतको वगिरहेको थियो ।
‘वावा यो के गरेको ? किन बाख्रालाई काटेको ?’ डराउँदै मनेले सोध्यो ।
‘बाख्राले पूजा गरेको हो । सबैले यसरी पूजा गर्छन’ सन्तेले जवाफ दिए ।
‘त्यसो भए हाम्रो मुनीलाई पनि यसरी नै काटेर पूजा गर्ने हो त ?’ मुनाले आत्तिएको स्वरमा सोधिन ।
‘हो वावु यसरी नै पूजा गर्ने हो’ वुवाले भने ।
‘नाई हुदै हुदैन । अहिल्यै घर गईहालौं, हामी हाम्रो मुनीलाई काट्न दिदैनौ’ दुवै दिदीभाइ रुन कराउन थाले । छोराछोरी रुन थालेपछि सन्ते र सुन्तलीले फकाउन थाले । खेलौना किनिदिन्छौं, नयाँ नयाँ कपडा किनि दिन्र्छौ भने । तर दुवै जनाले पटक्कै मानेनन । वाटोमा अरु पनि काटेका बाख्रा झुण्डाउदै हिडिरहेको झन चिच्याई चिच्याई रुन थाले । जति सम्झाएपनि नमानेपछि सन्तेले दुवै छोराछोरीको गालामा चड्कन लगाए ।
‘मेरो मुनीलाई नमार, मेरो मुनिलाई नमार’ मने सेतो आँखा पल्टाउदै वेहोस भएर डल्यो । मुना र सुन्तली मनेलाई समातेर रुन थाले । रुवावासी सुनेर वरपरका मानिस हेर्न झ्याम्मिए । नजिकैका पुजारी पनि दौड्दै आए । उनले वेहोस वनेको मनेलाई पानीले छम्किए ।
‘हाम्रो मुनीलाई नमार, हाम्रो मुनीलाई नमार, जाऊ घर जाऊ घर’ मने एकोहोरो वर्रवराइरहेको थियो । वरपरका मानिसले के भयो भनेर सोधेपछि सन्तेले सबै कुरा वताए ।
‘केटाकेटीले मान्दैनन भने किन वोको काट्नुपर्यो घर लैजाउनुहोस’ भीडवाट एकजनाले सल्लाह दिए । कसैले पूजा गर्न ल्याएको फर्काउन हुदैन पाप लाग्छ भने । मनेको अँझै होस नखुलेपछि सबै मिलेर नजिकैको अस्पतालमा लगे । डाक्टरले सबैकुरा हेरेर वुझिसकेपछि भने ‘वच्चाको मनमा चोट परेकोले वेहोस भएको हो । बाल मस्तिष्कलाई घात पर्ने काम गरे मानसिक समस्या देखिन सक्छ । त्यसैले वोकालाई नकाटेर घर फर्काउनुहोस । यसको मुख्य उपचार नै यही हो ।’
डाक्टरको सल्लाह माने देउता रिसाउने, नमाने छोरा विरामी पर्ने सन्ते दोधारमा परे । पुजारीसँग सल्लाह गर्न पुगे ।
‘अहिले बच्चालाई कस्तो छ ?’ पुजारीले सोधे ।
उनले डाक्टरसँग भएको सबै कुरा पुजारीलाई सुनाए । सन्तेले चिन्ता मानेको देखेर पुजारीले उसलाई सम्झाए ‘हेर वावु देवी देउताले कहिल्यै पनि कुनै प्राणीलाई काटमार गर, रगत मासु खाऊ भनेर भनेका छैनन । अरुलाई काटेर पूजा गर्दैमा देवी देवता खुसी हुने र सबै भनेको पुग्छ भन्ने पनि छैन । यो त चलि आएको चलन भएकोले छाडन नसकिएको हो । सफा मनले गरिव दुःखीको सेवा गरे, घमण्डी नभई पाप धर्मको ख्याल गरे देउता त्यसै खुसी हुन्छन । तिमीले चिन्ता मान्नु पर्दैन । छोराछोरीले वोकोलाई वेस्सरी माया गर्दा रहेछन । वलि नचढाउ । केटाकेटी खुसी भए देउता पनि खुसी हुन्छन । वोकेको सट्टा नरिवल फोरेर पूजा गर ।’
पुजारीको कुरा सुनेर सन्ते ढुक्क भए । अस्पताल पुग्दा मनेको होस खुलिसकेको थियो । ऊ मनेलाई च्याप्प अंगालो हालेर वसिरहेको थियो । उसका आँखावाट अँझै आँसु वगिरहेका थिए ।
‘वुवा हाम्रो मुनीलाई पूजा नगरौं हौं’ दिदीभाइले रुन्चे स्वरमा बिन्ति बिसाए । छोराछोरी र मुनिको माया देखेर उनी एकछिन वोल्न पनिसकेनन । सुन्तलीलाई पनि नरमाईलो लाग्यो । सन्तेले अघि पुजारीसँग भएका सबै कुरा सुनाउँदै वलि नचढाउने निर्णय सुनाए । त्यो सुनेर मने र मुना खुसीले दङ्ग परे ।
सबैजना मन्दिर पुगे । मनेले मुनिलाई एकछिन पनि छाडेन । त्यो देखेर पुजारीले हाँस्दै भने ‘वावु तिम्रो साथीलाई काट्दैनन, नडराऊ ।’
पुजारीले मन्दिरमा नरिवल फोडेर पूजा गरे । राम्रोसँग पढेस, सधैभरि सबैलाई यसरी नै माया गरेस, ज्ञानी भएस भनेर आर्शिवाद दिए । सबैलाई रातो टीका लगाई दिए । मने मुनीलाई लिएर अघि अघि घरतिर हिड्यो ।
वाटोमा गाउँलेहरू पूजा गर्न लगेको वोको किन फर्काएको होला भनेर खिस्सी गर्न थाले । कसैले वहुलाएछ पनि भने । तर सन्ते र सुन्तलीले अरुका कुरामा ध्यान दिएनन ।
साँझपख पुग्दा मुनीको माउ ‘म्या म्या’ गरेर करायो । आमाको आवाज सुनेर मुनी अघि अघि दौडदै गयो । लुटपुटिन थाल्यो । बाख्राले उसलाई मायाले चाटी ।
‘जुन प्राणीलाई पनि सन्तानको माया लाग्दो रहेछ, हाम्रो मनेको मन भने सबैलाई माया गर्ने रहेछ’ सुन्तलीले भनिन ।
सन्तेले उनको कुरामा सही थाप्दै भने ‘मनेको जस्तै सबैको मन भए यो धर्ती कति सुन्दर हुन्थ्यो होला ।’