सगरमाथा हिमालको काखमा गोरी परीको घर थियो । उनी सधैं हिमालबाट काठमाडौं शहरलाई हेर्थिन् । किनकिन परीलाई काठमाडौं शहर असाध्यै रमाइलो लाग्थ्यो । हरेक समय उनी यही सोचिरहेकी हुन्थिन्– “यदि मेरो काठमाडौं शहरमा एउटा घर भइदिएको भए कति मज्जा हुन्थ्यो ।”
फेवातालको काखमा गोरी परीको मामाको घर थियो । उनका मामा डमरु त्यहाँ निकै खुशी साथ बसेका थिए । दस वर्ष अगाडि गोरी परी त्यहाँ गएकी थिइन् । फेवातालमा डुङ्गामा चढेर घुम्न पाउादा उनको मन खुशीले नाचेको थियो । त्यही बेला आफ्ना मामाले गरेको काठमाडौं शहरको वर्णनको कल्पना अहिलेसम्म पनि गोरी परीको मनमा ताजै छ ।
आज अचानक सगरमाथा हिमालमा ठूलो हिउा पहिरो जान थाल्यो । परीहरू ज्यान बचाउन पृथ्वीका आफन्तहरूका घरतिर लागे । गोरी परी पनि खुशी हुँदै मामाघरतिर लागिन् ।
‘मामा म पनि तपाईसँगै काठमाडौं शहर घुम्न जान्छु है !’ गोरी परीले आफ्ना मामालाई अनुरोध गरिन् । आफ्नी सानी, राम्री हिस्सी परेकी गोरी भान्जीको कुरा मामाले टार्न सकेनन् ।
आहा ! काठमाडौं त कति राम्रो रहेछ । रानीपोखरी, घण्टाघर, हनुमानढोका, राजदरबार, पचपन्न झ्याले दरबार आदिआदि । आफ्नो बसाइका क्रममा गोरी परीले काठमाडौं, ललितपुर र भक्तपुरका प्रसिद्ध ठाउाहरू मज्जाले घुमिन् । उनलाई असाध्यै रमाइलो लागिरहेको थियो ।
एक दिनको कुरा हो, गोरी परीले ड्याङड्याङ गोली पड्केको आवाज सुनिन् । “ओहो! मानिसहरू त सडकमा एकअर्कासँग लडिरहेका ।” उनी दौडेर गएर मामाको अङ्गालोमा बााधिइन् ।
“मामा मानिसहरूले किन झगडा गरेका ?” गोरी परीले डराउँदै सोधिन् । मामाले भने– “नानू यो युद्ध हो । यहाँ मानिसहरू आपसमा लडेर युद्ध गदैछन्र् ।”
दुई दिनपछि गोरी परी आफ्नो कोठाबाट निस्केर सडकमा हिंडिन । सडकमा मानिसहरू रोइरहेको देखेर उनलाई असाध्यै दु:ख लाग्यो । बाटोमा उनले एउटी सानी बच्चीलाई घुडामा टाउको राखेर घुक्कघुक्क रोइरहेको देखिन् ।
‘तिमी किन रोएकी ?’ गोरी परीले बच्चीलाई सोधिन् । आफ्नो अगाडि गोरीपरीलाई देखेर बच्ची झन् जोडले रुन थाली । गोरी परीले उनको आाखाको आासु पुछिदिदै भनिन्– “तिमी नरोऊ, म तिमीलाई साथी बनाउछु।”
बच्चीले भनी– ‘किन नरुनू ? हिजो मेरो घर सबै भत्कियो । मेरा बुवाआमालाई पनि आगोले डढायो । मेरो सबै कुरा युद्धमा नास भयो ।’
उनको कुरा सुनेर गोरी परीले भनिन्– “तिमी नडराऊ, म तिमीलाई परीलोकमा लैजान्छु ।”
“तर मेरो त पखेटा नै छैन, म तिमीसँग कसरी जान सक्छु ?” बच्चीले दु:खी हुँदै भनी ।
कुरा सही नै थियो । गोरी परी केही बोल्न सकिनन् । उदास मन लिएर फर्किन् । तर उनको मनमा एउटै कुरा थियो– युद्ध नराम्रो कुरा हो । आफ्नो परीलोकमा आएपछि पनि सधैं गोरी परीले सोचिन्– “मानिसहरू आपसमा किन लड्छन् ? किन उनीहरू आपसमा प्रेमसाथ बस्दैनन् ?” उनी सोच्थिन्– “आहा ! यदि मानिसहरु एक भएर पृथ्वीमा प्रेमसाथ बसिदिए त पृथ्वी कति रमाइलो हुन्थ्यो ?”
धेरै वर्षदेखि परी यो कल्पना गरिरहेकी छिन् । के गोरी परीको यो कल्पना पूरा होला ?