लुकिचोरि धाउनुको मजा बेग्लै छ
अधेरिमा आउनुको मजा बेग्लै छ
एकातिर तिमी अनि अर्को तिर म
बसेर रमाउनुको मजा बेग्लै छ
डुबेर कल्पनामा त्यो सुहागरातको
तिमीमा हराउनुको मजा बेग्लै छ
यौवन प्यासले छटपटेको बेला
तिमीलाई पाउनुको मजा बेग्लै छ
लुकिचोरि धाउनुको मजा बेग्लै छ
अधेरिमा आउनुको मजा बेग्लै छ
एकातिर तिमी अनि अर्को तिर म
बसेर रमाउनुको मजा बेग्लै छ
डुबेर कल्पनामा त्यो सुहागरातको
तिमीमा हराउनुको मजा बेग्लै छ
यौवन प्यासले छटपटेको बेला
तिमीलाई पाउनुको मजा बेग्लै छ
उत्तरमा हिमाल छ हेर शिर उठाइरा'को
उतातर्फ सेतीले छ हेर पिर लुकाइरा'को
लाली फुल्दछन् डालिमा, ढपक्क छ पाखा
उस्तै मित धर्ती छ हेर निर झुकाइरा'को
जाल छल्कदा तालमा, लपक्क थ्यो माछी
उनिए ति सेक्नु छ हेर झिर उडाइरा'को
ताक तन्किए उस्तरी, तनक्क छ कमानमा
उचित लक्ष्य छुनुछ हेर तिर छुटाइरा'को
राप सेलाउदै डुब्यो, छपक्क आँचल त्यो
उजेली सुस्त छोप्दैछ हेर गिर लुकाइरा'को
निष्कलँक स्वछ मन ले बाच्ने देखिएन ।
निसन्देह: आत्मा गौरब साच्ने देखिएन ।।
कुल्चिएर अरु लाई अघी बढ्ने हरु ।
आँफै लाई कसी लगाई जाच्ने देखिएन ।।
ताक परे तिवारी चाल नत्र गोतामे हो ।
निर्विवाद ले स्वतन्त्र मा नाच्ने देखिएन ।।
कलँक मा मुछिएर ओभानो नै बन्छन ।
समाजमा त्यो आफ्नोढाड भाच्ने देखिएन ।।
वाद_वाद मा अल्झिएर मती भ्रष्ट हुँदा ।
फोहोर सङ्ग आँफै लाई दाज्ने देखिएन ।।
तारा गन्दै कल्पि रुँदा, याद आयो अतितको
जुनेलिमा एक्लै हुँदा, याद आयो अतितको
देउरालिमा पाति चढाई, खाएका ति बाचा कसम
कसमैले मन दुँदा, याद आयो अतितको
चौतारीमा चलिर'ने, सिरसिरे बतासैले
रेशमि यो केश फुँदा, याद आयो अतितको
दु:ख सु:ख बाढुला नि, नरोउ मेरी शान्ति भन्थ्यौ
बेदनामा आँशु चुँदा, याद आयो अतितको
देउतालाई साक्षि राख्दै, सिउदो भर्छु भनि गयो
आज तिनै देउता छुँदा, याद आयो अतितको
आज खुट्टा समाई माफि देउ भन्छौ
नाठो सँग रमाई माफि देउ भन्छौ
भोला पन देखाइ गर्नु गर्यौ घात
रङ्ग लीला जमाइ माफि देउ भन्छौ
झुटो बाचा कसम झोटो तिमी पनि
मुटु उता थमाइ माफि देउ भन्छौ
लाज शर्म पचाइ नांग्यौ उता राती
कुल्टा नाम कमाइ माफि देउ भन्छौ
भन्छौ रुइ कराइ गल्ती भयो मेरो
सर्व थोक गुमाइ माफि देउ भन्छौ
तिमीबिना आजभोली साथ रित्तो रित्तो
सम्झनाका छन खात माया रित्तो रित्तो !!
हिड्दै थियौ सँगसङै, कहा हरायौ आजभोली
समायका छुट्दा हात, यात्रा रित्तो रित्तो !!
मनको फुल्बारिमा रोपेकै थिय, झर्यो कोपिलामै
हाङगा बाँकी झर्यो फुल, बोट रित्तो रित्तो !!!
झझल्कोमा देखिरहन्छु, सधैंभरी पर्खिरहन्छु
सपनिमाभेटी जान्छ्यौ रात, यहा रित्तो रित्तो !!
स्वाभिमानी शिर झुकाउने हरु होसियार
शहिदको म्रित आत्मा दुखाउनेहरु होसियार
अन्यायको सन्धि सामन्तबादको बर्चस्व
नक्सा भित्रै सीमा लुकाउने हरु होसियार
भोग बिलाशिता हद भो हैकमबादी शोषण
कोशी र कर्णाली सुकाउने हरु होसियार
सँगिनका धार दोब्रिनेछ,अन्यायको पतन् हुँदैछ
नेपाली एकता रुकाउने हरु होसियार
उर्लिनेछ फेरी जन सागर गर्दै प्रतिबाद
पाल्तु देशद्रोही भुकाउने हरु होसियार
मस्त मस्त संगीतसंगै, नाचिहेर
संसार् कति रमाईलो छ, बाँचिहेर
प्रकृतिको नियम नै हो,सुख दु:ख
के दु:ख के पीडा सबैलाई, भाँचिहेर
हृदयमा जम्न खोज्ला, अनेकौ रङ्ग
छानी छानी ईन्द्रेणीलाई, साँचिहेर
जे देख्यो त्यहि सहि, नहुन नि सक्छ
अनुभवी कसी लगाई, जाँचिहेर
रोयौ भने तिमी यहाँ, दुनियाँ हाँस्छ
दुनियाँदारी निभाउन, हाँसिहेर
बर्षौ देखी नेपाल मा संघियता को माग हुँदै छ !
सयौथुँगा फुल्नेपाखो एकात्मक को बाग हुँदै छ !!
अधिकार खोज्ने लाई साम्प्रदायिक तत्वहौ भन्दै!
जता ततै दमन गर्दा आलो घाऊ दाग हुँदै छ !!
पुर्खाहरु लाई छलमा पारी किपटसबै कब्जा गरे !
खोसिएको फिर्ता पाउन जन जाती राग हुँदै छ !!
उस्लाई किन कस्ले मार्यो, भन्नु पर्छ सरकार
आलटाल हैन पारदर्शि, बन्नु पर्छ सरकार
नैसर्गिक त्यो अधिकार, जनताले पा को खैत
यसै गरी कति मरे, गन्नु पर्छ सरकार
पैसा दिई सर्ने रोगमा फाट्ने टालो कति हाल्छौ
मान्छे खाने किरा फाल्न, निफन्नु पर्छ सरकार
अन्यायको भुमरीमा, न्यायलाई जन्म दिन
प्रशब त्यो पिडामा झै, कन्नु पर्छ सरकार
अपराधिको सन्जाललाई, निमिट्यान्न पार्न यहाँ
खोस्रिएर मात्र हुन्न उधै, खन्नु पर्छ सरकार