कहिलेकाँहि जिन्दगीमा धेरै ठूलो आश देख्छु
फेरि कहिले जिन्दगीको आफैलाई दास देख्छु
देख्नेहरुले खै के देख्छन्,मूल्यहिन भएकी छु
मूल्यवान यो संसारमा सबैलाई खास देख्छु
बाँच्ने रहर कति थियो,केहि गरौं भन्ने लाग्थ्यो
परिस्थितिले मृत्यु दियो,चल्न छाड्या सास देख्छु
जित्नेहरुको युद्दभूमि , हार्नेहरुको शमसान
पराजय भो मेरो पनि ,र पो आफ्नै लास देख्छु