मेरो बुद्धि भ्रष्ट भयो ।
जिउन नि कष्ट भयो ।
चाहना र सपना ति,
सबै छर पष्ट भयो ।
चेतनाको अभावले,
मस्ति मेरो नष्ट भयो ।
तालु छाम्दै जिन्दगी यो,
रुनुमा नै मस्त बायो ।
कायर भै आफैलाई नै,
ठग्दैछु म प्रष्ट भयो ।
मेरो बुद्धि भ्रष्ट भयो ।
जिउन नि कष्ट भयो ।
चाहना र सपना ति,
सबै छर पष्ट भयो ।
चेतनाको अभावले,
मस्ति मेरो नष्ट भयो ।
तालु छाम्दै जिन्दगी यो,
रुनुमा नै मस्त बायो ।
कायर भै आफैलाई नै,
ठग्दैछु म प्रष्ट भयो ।
पंञ्चे बाजा बजाउने रहरै भो यसपाली।
खाली डोली सजाउने रहरै भो यसपाली।
अपरिचित दुई आत्मा नजिकिने कल्पनामा,
घुम्टो खोली लजाउने रहरै भो यसपाली।
एक्लै हुँदा दुखी भई भन्थिन् ति बुढि आमा,
बुहारी पो कजाउने रहरै भो यसपाली।
चुलो चौको गर्नु पर्दा भन्ने गर्थी दिदी पनी,
जुठा भाँडा मजाउने रहरै भो यसपाली।
बोकेर डम्फु, टुङना मादल, गोठालो गर्दो हो
परेमा साँझ गाईबस्तु लिई बेसींमा झर्दो हो
वर्षाको झरी वारी र पारी, गाउँघर् रुझाउँदाँ
उर्लेर आउने, लिखुको जघाँर्, कसरी तर्दो हो?
सजाउँछन् रङ्ग, आँखामा हजार्, बाबै र आमैले
सुखमा राख्न परेमा जस्तै, दु:खलाई हर्दो हो
टमक्क परि मिलेको ज्यान, उस्तै छ पहिरन
परिमा आउँदा, जे जस्तो काम अगाडी सर्दो हो
आँखाको नानी उसैलाई ठानी भेट्नेछु म पक्कै
देख्दामा मलाई भुतुक्कै बनि उ पनि मर्दो हो
अन्यायको जरो सब ढाल्नु थ्यो
दुखी अशायको मन टाल्नु थ्यो
दिएर एकता उपहार याँ
उजाड बस्तिमा सुन गाल्नु थ्यो
पुछेर आँशु त्यो अनुहारमा
खुशी र बेदना पनि चाल्नु थ्यो
बिहान बेलुका मुख जोर्न धौ
गरीबका चुलो पनि बाल्नु थ्यो
ठुला ठुला ताबुक यहाँ उठाउनु पर्छ साथी,
नसकेनी काम गर्ने हिम्मत ,जुटाउनु पर्छ साथी !!
ओभानो शरीर हुन्न काही पनि लुथ्रुक्कै भिज्छ शरीर
धेरै पसिनाका धाराहरु ,छुटाउनु पर्छ साथी !!
सस्तो परीश्रम बेच्नलाई बाध्यछौ यहाँ हामीहरु,
भएभर को जवानी यही लुटाउनु पर्छ साथी !!
भबिस्यको सुन्दर सपनाहरु सजाउन आएका हामीहरु
राम्रो काम र दाम नपाउदा सपनाहरु ,टुटाउनु पर्छ साथी !!
तिमीले पुज्ने देउतासँग रिस खाएर आएको छू,
त्यहि झोकमा अमृत छोडि बिष खाएर आएको छु ।
दिमाग मेरो अँचार भयो, बिचार रण्डी बजार भयो,
तिम्रो कसम खाई मगज खिस्काएर आएको छु ।
छातीभरि चाह थियो,मुटु पोल्ने डाहा थियो,
त्यो छाती र त्यो मुटुलाई फुटाएर आएको छु ।
ध्यानमग्न तिम्रो देउताको ध्यानैसँग रिस उठ्यो ,
देउतालाई सकिन सो पुजारीलाई जिस्काएर आएको छू ।
आफैलाई थाह छैन तिम्लाई , कति माया गर्छु सानु
माया मेरो सतबिज बनाई ,तिमि माथि छर्छु सानु
आधि हैन बाढि हैन , छिन भरमै उजाड पार्ने
झरनाको निश्चल जल हु , तिम्रै मनमा भर्छु सानु
तिमि सग केहि माग्दिन ,मात्र मेरो मनमा बस
टाढा भयौ भने नयन बाट ,सायद मत मर्छु सानु
सदाबहार हरीयालि बनि रहु , यो जुनि भरनै
पतझड बन्नै पर्यो भने , तिम्रै अघि झर्छु सानु
पोहोर जस्तै यसपालीनि होलि खेल्ने रहर् थियो,
चारै तिर दाजुभाई छन्, तर मनमा जहर् थियो ।
रंग संगै उमंग थ्यो साथी भाईको जमघट् थियो
इन्द्रेणी झैं रंगी हिँड्ने खुसीको त्यो लहर् थियो ।
पानि बग्न छोड्यो नलमा बाल्टी पनि रित्तिएछ
बर्षा संग भिज्न खोजें ढलको पानि फोहर् थियो ।
बुढा बच्चा जाति धर्म मायाँ बाँडी झुम्न खोज्दा
बैंशिपनले भरिएको त्रासित् अन्जान सहर् थियो ।
जल्दैछु म तिम्रो मिठो यादको रापले ।
गल्दैछु म भित्र भित्रै ब्यथाको चापले ।।
सपना नै बन्यो हाम्रो मायाको झुपडी ।
ढल्दैछु म त्यही पापी मोरिको श्रापले ।।
कसरी खै मैले मुख देखाउ समाजमा ।
छल्दैछु म मेरो आँग लागेको छापले ।।
नहुनु थ्यो भयो गल्ती सम्झेर दिन्कै ।
बल्दैछु म आफ्नै गल्ती पश्चातापले ।।
जग बसाउछौ भने मायाको छाना बन्न तयार छु
सुमुधुर संगित सगै मदहोसी गाना बन्न तयार छु
यदि तिम्ले मेटिदिन्छौ भने जिन्दगीमा भोक मायाको
सबै कुरा बिर्सिएर म त्यहि खाना बन्न तयार छु
ल्याउछौ भने मेरै समिप्यमा जिवन त्यो तिम्रो सानु
हासी खुसी सुरक्षित राख्ने त्यो थाना बन्न तयार छु
मेरै हातमा सबै बैंश राजिनामा गर्छौ भने तिमी
जिन्दगीको तमसुकमा तिम्रो पाना बन्न तयार छु