लिई आउ बर्को यता ।
जाडो भयो चर्को यता ।।
दुई आत्मा मिले पछी ।
काम छैन अर्को यता ।।
आउ मुख हेर्न मेरो ।
परी सकें फर्को यता ।।
छिट्टो गर भागनु पर्छ ।।
आयो गाउ लर्को यता ।।
लिई आउ बर्को यता ।
जाडो भयो चर्को यता ।।
दुई आत्मा मिले पछी ।
काम छैन अर्को यता ।।
आउ मुख हेर्न मेरो ।
परी सकें फर्को यता ।।
छिट्टो गर भागनु पर्छ ।।
आयो गाउ लर्को यता ।।
मैले तिम्लाई मन पराए, भन्छन् खराब जमाना
रमाई तिम्रो हात समाए, भन्छन् खराब जमाना
प्रेम गरेको हु मैले पनि, अपराध गर्या हैन
भनेर भन्ने आट चलाए, भन्छन् खराब जमाना
बढ्यो उमेर चढ्यो जवानी, रोकेर रोकिन्न रैछ
एकान्तरमा कतै पोखाए, भन्छन् खराब जमाना
चाहना तिम्रो पनि उस्तै हो, मेरो पनि उस्तै उस्तै
भेट हुदा जवानी जुधाए, भन्छन् खराब जमाना
संगै मर्ने संगै बाँच्ने बाचा हाम्ले खा'को हैन र?
जुगौं जाने अजम्बरी प्रिती हाम्ले लाको हैन र?
छाडि आएँ सारा याद घाऊ बनी दुखी रहेछ
मेला पात जाँदा संगै प्रिती भाका गा'को हैन र?
नभुले है मेरी सानी अतितका दिन तिमीले
सुख दु:ख हाँसो खुशी संगै बाँडी आ'को हैन र?
साथै रोयौं अंगालेर दुख्दा मुटु मध्य रातमा
भाग्य लेख्ने दैब खोज्दै मन्दिर त्यो धा'को हैन र?
जस्ले लुट्यो देशै यहाँ त्यै सम्मान भईरह्यो
हानथाप सत्ताको नै तानातान भईरह्यो
सम्झौता यो झेल्नु कती? आशाहरु जगाएर
लाचारिको सम्झौता नै ब्यबधान भईरह्यो
तस्कारीको हालिमुली देशद्रोही जताततै
मान्छे आँफै श-शंकित भयमान भईरह्यो
तानाशाहि शोषणको धावा बोल्ने देश भक्ती
मान्छे, मान्छे हुन खोज्दा अपमान भईरह्यो
पुच्च-पुच्च नपार पिच्कारी,
जोबनमा दाग नदे बाँके बिहारी ।
गुँलाबमा तेजाब मिलाई गुलालको नाम नदे,
मीराले खोली पोल तेरो बाँके बिहारी ।
रसिला अङ्ग देखि कन्हैया त दङ्ग नपर्,
राधेलाई झै स्वाङ्ग नपार बाँके बिहारी ।
होलीमा चोली त भिजेकै छ सबैको,
मेरो चोलीको तुना नतान बाँके बिहारी ।
देख्या छैन तर पनि आफ्नै मान्छे ठान्छु म त
जेसुकै होस तिमिलाई प्रेम नजरले हान्छु म त
टाडा छ गन्तब्य हिड्न धेरै बाकि छ
जिबनको सहयात्रि तिमिलाई मान्छु म त
एकपल पनि तिमिबिना टाडा हुन सक्तिन
परपर भयौ भने हात समाई तान्छु म त
रुप रगं कस्तो होला लठ्ठ पर्छु बोलि सुन्दा
न देखेनि धरोधर्म मेरै रानि मान्छु म त