मनको माया धन तीर फुकायौ त्यतीखेर ।
चोखो माया गर्ने मान्छे चुकायौ त्यतीखेर ।
माया लायौ धोका पायौ स्वार्थी मन भएर ।
मायालु पाऊ बढेका थे रुकायौ त्यतीखेर ।
देउतै झैं पूजा गरें तिम्रै गुणगान गाएँ पनी ।
कदर भै'न अन्तै सिर, झुकायौ त्यतीखेर ।
खडेरी र मरुभूमि मेरो जीवन बनाई छोड़ी ।
प्रेम सागर म प्रतिको, सुकायौ त्यतीखेर ।