मदहोसिमा ढल्छौ किन प्रेमको खोली तरौ भन्दा तर्न मानेनौ ।
पस्चातापमा जल्छौ किन झापा तिरै झरौ भन्दा झर्न मानेनौ ।।
रुपको बखान गर्दै म त पहाडको रानी मायाकी खानि भन्थ्यौ ।
गाउको म सोझो सानु मेरो विश्वाश गर भन्दा गर्न मानेनौ ।।
दोबाटोमा भेटिएका मान्छे सबै जाली फटाहा हुन्छ भन्थ्यौ ।
धोखा हुन्न जिन्दगी भर साथ दिन्छु भरपर भन्दा पर्न मानेनौ ।।