मेरो आँशु जिवन्-साथी, पिडासँग के नै दुरी भो' !
जब आँशु साथ मेरो, अब खुशी के जरुरी भो' !
छैन केही चाह अब, त्यही पाए भावी लेख्यो जो,
प्रश्न पनि छैन केही, जवाव के मजबुरी भो' !
कैले बजे ढोल सरी, दुनियाँ को रंगमंच मा,
कैले रेटे सारंगी झैं, कैले टुटे को बाँसुरी भो' !
उजाडीयो महल त्यो, सपनामा जुन् सजाए थे',
भित्ता बन्यो धर्ती मेरो, खुल्ला गगन् मेरो धुरी भो' !