आज पनि तिम्रो अभाव उस्तै छ
के भनौ मनमा दबाव उस्तै छ
सम्झनामा तिम्रो झरिदिन्छ आशु
के गरु त अब स्वभाव उस्तै छ
खोजेकै हु भुल्न तर सकिएन
आज पनि मेरो लगाव उस्तै छ
भएन मन यो पथ्थर सरिको
र त अझै तिम्रो प्रभाव उस्तै छ
आज पनि तिम्रो अभाव उस्तै छ
के भनौ मनमा दबाव उस्तै छ
सम्झनामा तिम्रो झरिदिन्छ आशु
के गरु त अब स्वभाव उस्तै छ
खोजेकै हु भुल्न तर सकिएन
आज पनि मेरो लगाव उस्तै छ
भएन मन यो पथ्थर सरिको
र त अझै तिम्रो प्रभाव उस्तै छ
आँखा खोली जब हेर्छु ,तिमिलाई देख्न पाउ ,
हिर्दयका पाना भरी तिम्रै नाम ,लेख्न पाउ!!
साहारा बिनाको यो जिन्दगी ,बेबारिसे भई लडदा खेरी
तिम्रै हातहरु समाई , खुट्टा हरु टेक्न पाउ !!
तिम्रो जिन्दगीमा आधिहुरी आउन लाग्दा
पहाड भयर सबै तुफान छेक्न पाउ !!
चोट लाग्दा तिमीलाई ,मलाई झन पिडा हुन्छ
चाहराइ रहेको तिम्रो घाउमा ,मलम लगाइ सेक्न पाउ !!
रेशम धागे सारी अनि, मखमली चोली उन्को !
मेरो घरको, छेवै लागे, सजाएर डोली उन्को !!
दाइजो मागिन्, हाँस्दै-हाँस्दै, आँचल फैलाएर,
भरि दिए, आँशु सबै, रित्याएर झोली उन्को !
लाखौ गरे कोशिस मैले, भुल्न भनि उनि लाई,
बतास मा गुन्जिरन्छ, अझैपनि बोलि उन्को !
पिडा पर्दा घाऊ लाग्दा, याद मेरो गर्छिन् होलि,
संझी-संझी मेरो माया, बग्छ होला खोलि उन्को !
रुझि सकेपछि, छाता किन ओड्नु पर्यो?
छोडि गएपछि, नाता किन तोड्नु पर्यो?
हिजो सम्म संगै थियौ, एउटै थियो बाटो ।
बाटो मोडेपछि किन, चुरा फ़ोड्नु पर्यो?
खालि सिउदो रंग्यौदा, अग्नि साक्षि थियो ।
पराइ रोजि गएपछि, सिंदुर किन घोट्नु पर्यो?
सुखसयल दिएकै थे, अप्सरा झै राखेकै थे ।
अंतिम पल्ट बोलाएर, किन भेट्नु पर्यो?
जतीजती भित्री अङग छुवाउदै जानेछौ
गिद्धलाई आफ्नो मासु खुवाउदै जानेछौ ।
बेच बेच आफ्नो शरीर पैसाको लोभले
हल्का बाँकी इज्जत पनि कुवाउदै जानेछौ ।
न मिल्ला रस तिम्रो न राग देखौली
यौनले मत्त चालहरु चुवाउदै जानेछौ ।
समाजमा भोली बाउको नाम दिन नसकी
गर्भका ति भ्रुणहरु तुवाउदै जानेछौ ।
आफ्ना सन्तान उत्तम देख्ने बाबुआमालाई
तिम्रैकारण बारम्बार रुवाउदै जानेछौ ।
स्वतन्त्र यो आकाशको चरी बनाउँला
स्वर्गकी उर्बशी र परी बनाउँला ।
कतीकती आत्माहरु तिर्खाएका देख्छु
प्यासै मेट्ने माधुरीको झरी बनाउँला ।
कोहिले भन्लान मन अनी मुटुमै राख्छु
मुखमै बस मेरो बाह्रखरी बनाउँला ।
आउनेजाने मायाको भारी बिसाउने
माया अनी मायालु नगरि बनाउँला ।
मेरो माया बसाउने, शहर पाइन मैले ।
त्यै भएर गजल लेख्न, बहर पाइन मैले ।
नखोजेको होइन मैले, माया गास्न उनिसंग ।
तर्कि गईन खै किन हो, नजर पाइन मैले ।
नुन बिनाको तर्कारि भो, माया बिना जिबन ।
पिएरै म मर्छु भंदा, जहर पाइन मैले ।
मेरो माया बसाउने शहर पाइन मैले ।
त्यै भएर गजल लेख्दा बहर पाइन मैले ।
संम्झेर पिढीमा बसेकी आमा
लडेर छिडीमा पसेकी आमा
उचाली जुरुक्कै सम्माल्न आएँ
ऋणको दल्दल्मा फसेकी आमा
गौरबको पौरख म खान्छु भन्थिन
भोकोपेट पटुकी कसेकी आमा
फोक्ल्यान्ड युद्धमा म लड्दै हुँदा
घरैमा अबिर घसेकी आमा
तिमी साच्चै मेरा अनेक इसारा बुझ्दिनौ कि,
मैले माया गरेका ति पारा बुझ्दिनौ कि !
कि सबै बुझी सकेर नि अबुझ जस्तै बनि रा'छेउ,
किन दिए तिमीलाई मैले सहारा बुझ्दिनौ कि !
माया गर्नेहरुको त समुन्द्रै छ तिम्रो अगि,
त्यसैले मेरो मायाको धारा बुझ्दिनौ कि !
कि मन मनै मन पराइ भन्न मात्र नसकेकी,
माया लगाई सकेपछिको अभिभारा बुझ्दिनौ कि !
'देशका निम्ति गर्छु' भन्ने, आए कति-कति !
जनताको नामै भजी, खाए कति-कति !!
आजसम्म देखिए, रक्षक नामका भक्षक !
सबै भुली आफ्नै महल, छाए कति-कति !!
'सीमा आयो सीमापारि, जान हुन्न' भनी,
दिएकै हुन् दुनियाँले, राय कति-कति !!
सुत्नु, उठ्नु, बस्नु, खानु हाम्रै लागि अरे !
यसो भन्ने घर-घरै, धाए कति-कति !
आज उल्टो भूमिका छ, दिने-माग्नेबीचको !
'हाम्रा गीत त यी पो', भनी गाए कति-कति !!