उम्लिएको जवानी छाल देखेर
झन भन्दा झन बबाल देखेर
को चुप होला खै नामर्द बाहेक
मयुरको झै तिम्रो चाल देखेर
जब बिलाउछ यारमा जवानी
डराउछ यहा को काल देखेर
बोलाउन मात्र आउनेछु दौडि
भाग्दैन सोल्टि गेटपाल देखेर
उम्लिएको जवानी छाल देखेर
झन भन्दा झन बबाल देखेर
को चुप होला खै नामर्द बाहेक
मयुरको झै तिम्रो चाल देखेर
जब बिलाउछ यारमा जवानी
डराउछ यहा को काल देखेर
बोलाउन मात्र आउनेछु दौडि
भाग्दैन सोल्टि गेटपाल देखेर
कतै झुक्न नखोज्ने यो शीर जिन्दगी भो ।
कर्तव्यले थिचे पछि पीर जिन्दगी भो ।।
चारै तिर अभावले हात फैलाएछी ।
आफै पट्टि फर्किएको तीर जिन्दगी भो ।।
एक पछि अर्को भार थपिएर आए ।
बाध्यताले घेरे पछि भीर जिन्दगी भो ।।
कति दिन भागि बस्नु आफ्नै छाँया सँग ।
आवश्यक्ता उन्नै पर्ने झीर जिन्दगी भो ।।
जवानिको प्यास मेट्न कति अन्धो हुन्छ मान्छे
जब आखा खुल्छ उस्को सम्झि सम्झि रुन्छ मान्छे
पागल झै हिडीरन्छ जमानालाई दोष दिदै
भएभरको बुद्घि लगाई षडयन्त्र बुन्छ मान्छे
कति बच्चा अनाथ अनि सैयौ घर उजाड हुन्छ
बैरो बनि हिड्छ बरु कहाँ अर्ति सुन्छ मान्छे
समयले नेटो काटी आधा उमेर घर्के पछि
पछुताउदै मन्दिरमा देबि देउता छुन्छ मान्छे
बेसहारा जिउदै म ढलेपछि आए हुन्छ !
मेरो लास चित्तामाथी चलेपछि आए हुन्छ !
आँशु झार या नझार ज्वाला भित्र जलाउदै !
मलामीले घोची घोची पोलेपछि आए हुन्छ ! !
लास संग अजम्बरी भनी लाको माया पनि !
आगो सितै दन्किएर जलेपछि आए हुन्छ !
मेरो सबै अस्तित्वहरू मेटाएर ख़ाक पारी !
ख़ाक भित्र खरानी झै गलेपछि आए हुन्छ !
रोडमा आँखा झिम्क्याकोचाही मन परेको अरे
एउटा फूल दिएकोचाही माया गरेको अरे
घरमा आँखा छलिछली भेट्न जानेचाही डेटिङ
अङ्गालोमा कसिएकोचाही भर परेको अरे
एक पल्ट भेटेपछी सबैकुरा मिलिहाल्यो
च्वाप किसनै गरेकोचाही बाचा गरेको अरे
फ्लिमहल र गेस्ट हाउस धाउन थालेकोचाही
साथीभाइले गरेजस्तै रोमान्स गरेको अरे
साहुँको ऋण धेरै छ मेरो कसरी तिर्नु खै ।
खालिछ हात यतिकै घर कसरी फिर्नु खै ।।
श्रीमती छोरा छोरीले बाटो कुर्दैछ होलानी ।
बिजोग हुँदै गाउँमा आँफु कसरी छिर्नु खै ।।
सम्पती रै'छ भिरैमा मैले भेटिन समाउन ।
समाज देखी मनथेन मेरो कसरी गिर्नु खै ।।
सहन गार्हो मुटुमा ब्यथा चर्केको बेलामा ।
आँफैले मेरो दुखेको छाती कसरी चिर्नु खै ।।
आउँ न आऊ पियारी तातै राखौला
जोबन त्यो दिनेभए हातै राखौला
कति कुरु तिम्रो बाटो दोबाटोमा
बाचा भो तिम्लाई साथै राखौला
जिन्दगीमा कसैलाई रोज्ने पर्छ
मैले भने पियारी काखै राखौला
जे तिम्ले भन्छु उही मान्छु हेर
कसम तिम्लाई माथै राखौला
बुझ्नै नसकिने दिल भित्रका कुरा
पछिबाट छुरि धस्ने मित्रका कुरा
नगरे कै बेश हुदा रै छन यहा त
स्वार्थमा रम्नेहरुसँग पवित्रको कुरा
बोलवाला उनकै भो शहरमा
जस्ले गर्छन जब विचित्रका कुरा
आफ्नै विवशतामा बाचिरहेछ
बुझ्दैन कसैले किन चित्रका कुरा
साँच्चै भन्छु गणतन्त्र घाँडो हुँदैछ!
नेतालाई कमाई खाने भाँड़ो हुँदैछ!
बुझेकाछौ कुन हालमा देश छ यो?
अन्जान बन्दैछ लाटो गाँडो हुँदैछ!
चुसी सक्यौ चुस्नु देश अनी जनता!
चाहिंदा भाँड़ो नचाहिंदा ठाँडो हुँदैछ!
स्वार्थ मन बनाएछौ यही माया हेर!
बिझेन अब आँखाको काँडो हुँदैछ!
जन्म पछि मृत्यु निश्चित छ, घमण्ड किन गर्ने
मृत्यु पर्यन्त संझिने कामले, दुनिया सुवास छर्ने!!
अजम्मरी यो तन होईन, अमरत्व सु-काममा छ
इमानमा अमरत्व छ भने, सस्तो मृत्यु किन मर्ने!!
माया प्रेम नै जिन्दगीको, हो अनमोल गहना त
जान्दाजान्दै पख्लास भनि, दागा याँहा किन धर्ने!!
धरति हो यो सबका निम्ति, बिसाउने साझा थलो
जानु नै छ एक दिन छाडी, अरुको हक किन हर्ने!!