तीन काने, चार आँखे भई पात पात हुन सक्दिन म,
धरौधर्म आगो खाई अँगार हग्न सक्दिन म ।
धनीलाई बागबाग, निर्धनलाई बगर हुन सक्दिन म,
ताल परे तिवारी नत्र गोतामे हुन सक्दिन म ।
नास्तिक होईन आस्था राख्छु तर अन्धबिश्वासी हुन सक्दिन म ।
ढुङ्गालाई ईश्वर भन्दै पुजी बस्न सक्दिन म ।
गर्नेले गरेकै छन कालो पनि सेतो पनि तर
माता र भूमिमा आगो लगाई तापी बस्न सक्दिन म ।