हिजोआज शहर भरि भेटिन्छन्
मुस्कानहरु थरिथरि भेटिन्छन्
साझ परेपछि भट्टिहरुमा हेर्नु
ठुला न साना सरोबरी भेटिन्छन्
प्रेम गर्न पनि नपाईने भो अब या
पार्क तिर गयो प्रहरी भेटिन्छन्
भन्नेहरुले त धेरै भनेका छन्
स्वर्ग कस्तो रैछ का नमरी भेटिन्छन्
हिजोआज शहर भरि भेटिन्छन्
मुस्कानहरु थरिथरि भेटिन्छन्
साझ परेपछि भट्टिहरुमा हेर्नु
ठुला न साना सरोबरी भेटिन्छन्
प्रेम गर्न पनि नपाईने भो अब या
पार्क तिर गयो प्रहरी भेटिन्छन्
भन्नेहरुले त धेरै भनेका छन्
स्वर्ग कस्तो रैछ का नमरी भेटिन्छन्
सधै त यसरी का हुन्छ
भो अनेक थरि का' हुन्छ
देश चलाउने भन्दैमा
यस्तो मनपरी का' हुन्छ
माया त माया हो तैपनि
स्वीकार नगरी का' हुन्छ
काम गर्ने र नगर्ने बिच
फल बराबरी का' हुन्छ
हिलै हिलो बीच पनि कमल फूल्ने गर्छ
काँडै बीच गुलाफ रही सुगन्ध छर्ने गर्छ
कोइलीको सुरिलो स्वर कहिँ बिछोडको दर्द हो कि
भँवरा त निर्मोही हो सँधै फूल बदल्ने गर्छ
रविको प्रचण्ड तापले डढेछ कहिँ आफै पनि
प्रितम कहिँ दियो भए पुतली जल्ने गर्छ
झरनाको बेग पनि कहिँ पहाड रो को हो कि
बोझ भए कहिँ अति पहिरो पर्ने गर्छ
सातै जूनी तिमी मेरो हुनै पर्छ भन्दिन म,
मैले रुँदा तिमी पनी रुनै पर्छ भन्दिन म।।
जल्न सक्छ जीन्दगी नै पारीलो त्यो घाम सँगै,
सधै भरी शितल दिने जूनै पर्छ भन्दिन म।।
कर्म गरे धर्म हुन्छ सोधी हेर आफैलाई,
लज्जीत भै मेरै पाऊ छुनै पर्छ भन्दिन म।।
दुई दिने चोला न हो हाँसी खुशी बाँच्नु पर्छ,
आँसुले नै मुहार त्यो धुनै पर्छ भन्दिन म।।
भित्र भित्रै धोका दिने वफादारलाई देखेको छु
बगलीमा छुरा बोक्ने सदाचारलाई देखेको छु
सिर्जनालाई चोरी गर्दै राखेकाछन् नाम आफ्नै
यस्ता जाली छद्मभेषी गज़लकारलाई देखेको छु
फुर्तिला र रवाफिला सम्पन्न झैं लाग्छन सधैँ
हृदयका हरिकङ्गाल नाङ्गेझारलाई देखेको छु
कुविचारले हिंडेका छन् लाज शरम बिर्सिएर
कूलमै आगो लगाउने कुलङ्घारलाई देखेको छु
बस्दिन भो मुङ्लान मा यसपाली आउछु सानु ।
छेउ मा बसी रमाएर चोखो माया लाउछु सानु ।।
चाहिन्दैन सुख मलाई दु:ख मानै जिउला सधैं ।
तीमी सँगै हासी खेली मेलापातमा धाउछु सानु ।।
पन्धेरी र घासदाउरा हामी मिली जाउला सङ्गै ।
थकाई लाग्दा उकालीमा मिठोगीत गाउछु सानु ।।
सुख दु:खमा साथदिने तीमिनै हौ मेरो संसार ।
तीम्रो समिप भए भने सधैं सधैं रमाउछु सानु ।।
मन्ले खाएन उनी बाहेक जुनै, देखे पनि !
सुन लाकी, सुन्केश्री झै, उनी सुनै, देखे पनि !!
दुनियाँ त स्वर्थी हुन्छन् तर उनी यस्तो छैनन् !
मन परेन अरु मलाई गुनै देखे पनि !!
उन्को शील स्वभावमा वर्णन को के कुरा छ ?
मैले माया ला छैन प्रेमको मुनै देखे पनि !!
जिन्दगीमा साथ दिने बाँचाहरू निभाएर !
मर्छु भन्ने त्यों बिस्वास छैन कुनै देखे पनि !!
मन्ले खाएन उनी बाहेक जुनै, देखे पनि !
सुन लाकी, सुन्केश्री झै, उनी सुनै, देखे पनि !!
आतंकको तापले यो राष्ट्रलाई सुकाउँदै छ ।
अत्याचारी दुर्नामले देश हाम्रो रुखाउँदै छ ।
सम्पती र कुर्चीमा ला-लायित ति बैमानिले
भूमि टुक्रा पारि राष्ट्र मातालाई दुखाउँदै छ ।
अकर्मी र निकम्मा ति असाधुको कुकर्मले
दुनियाँको निगाहमा नेपाल यो झुकाउँदै छ ।
सोसक र सामन्ती ति नै बरिष्ठ बनाउँदाले
नेपालको ईज्जत'नी खाल्डो मुनि लुकाउँदै छ ।
ओठ छ भन्दै जता ततै हास्न नमिल्ने ।
बैश छ भन्दै मायाप्रिती गास्न नमिल्ने ।।
चाहना ले यो मन छुदा गुलाब झै हुन्छ ।
फुल्न नदीइ कोपिला मै लास्न नमिल्ने ।।
एकहुन्छ खोज्यामान्छे हजारौको भिड्मा ।
मन पर्या सबै छातीमाथि टास्न नमिल्ने ।।
आँखा भरी सजिए को धेरै हुन्छ सपना ।
अपुरा ति इच्छाहरु लाई छास्न नमिल्ने ।।
शुन्यताको आभाष छ, चिसो-चिसो वतास छ !
एक्लै रम्ने मन मेरो, आज किन उदास छ ?
चन्दा लुकी कता-कता, शुन्य मेरो आकाश छ !
टिम्-टिम् साना सिताराको, ज्योतिमा के विश्वास छ ?
यो नितान्त एक्लोपन् मा, तिम्रो कमी पुरा गर्ने,
यौटा साथी बोत्तल छ, अनि यौटा गिलास छ !
पिउँछु म जती-जती, तृष्णा जाग्छ उती-उती,
तिमी बिना न-मेटिने, खै अनौठो यो प्यास छ !