डालीबाट कोपिला मै 'माया' झार्न खोज्छौ ?
माली भई बिरुवा मै 'माया 'मार्न खोज्छौ ??
फुल्न देउ झुल्न देउ धान को बाला झै
बाली हुँदा झरी जाने 'माया' पार्न खोज्छौ ??
बग्न देउ रम्न देउ खुशी छर्दै सधैं
नाली सङ्ग बगाएर 'माया' तार्न खोज्छौ ??
थोपा थोपा गर्दै सागर बन्छ माया यो
छाली देखी अन्तै तीमी 'माया' सार्न खोज्छौ ??
सुख दु:ख जिन्दगी को रित नबुझेर
ताली बज्दा खुशीसङ्ग 'माया' बार्न खोज्छौ ??