जून भन्दा जुन राम्रो थ्यो भन्थे,
त्यो भन्दा जोडी राम्रो हाम्रो थ्यो भन्थे ।
बतास र मंजरी के गर्थे छुईमुई र !
त्यो भन्दा बढि, अंजु !, हाम्रो थ्यो भन्थे ।
देवेश सरले कहदा रोमियो जुलियटको कथा,
त्यो भन्दा रोचक हाम्रो थ्यो भन्थे ।
बतासे डाँडामा बतासले गीत गाउदा,
त्यो भाका मोहनी हाम्रो थ्यो भन्थे ।